थप १८ जनालाई रेविज भ्याक्सिन

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
सुर्खेत, १६ चैत । 
लाटिकोइली गाविस वडा नं. ७ अलायाचौरमा फैलिएको रेविज रोग नियन्त्रण गर्न विहीवार थप १८ जनालाई भ्याक्सिन लगाइएको छ । रोगबाट २ जनाको मृत्यु भएपछि त्रसित बनेका र शंकास्पद १८ जनालाई भ्याक्सिन लगाइएको जिल्ला स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर जीतलाल ढकालले बताए । 

बुधवार ८ जनालाई भ्याक्सिन लगाइएको र अपुग भएपछि नेपालगंजबाट बुधवार साँझ नै थप भ्याक्सिन मगाइएको थियो । शंकास्पद व्यक्तिहरुलाई क्षेत्रीय अस्पताल कालागाउँमा आइ डाक्टरको परामर्श अनुसार भ्याक्सिन लगाउन भनिएको उनले जनाए । 

No comments:

Post a Comment