सुर्खेत, १३ चैत ।
सुर्खेत जिल्लाका पाँचवटा गाविसमा अपाङ्गता भएका ब्यक्तिहरुको विवरण संकलन गरिने भएको छ । उत्तरगंगा, सहारे, मेहलकुना, मैनतडा र लाटीकोइली गाविसमा एलायन्स फर सोसल डाइलग र ओपन सोसाइटी फाउन्डेशनको सहयोगमा बााके नेत्रहीन संघ, सुर्खेत नेत्रहीन संघ र अपाङ्ग गाउँ इकाई कमिटीले अपाङ्गता भएका ब्यक्तिहरुको लगत संकलन गर्न लागेको हो ।

बााके नेत्रहीन संघका भोलानाथ त्रिपाठीका अनुसार यसैहप्ताबाट सुरु हुने लगत संकलन बैशाखको अन्तिमसातासम्म सम्पन्न हुनेछ । लगत संकलनका लागि २५ जना गणकहरु खटाइएको छ । गणकहरुका लागि सोमबार वीरेन्द्रनगरमा एकदिने प्रशिक्षण कार्यक्रम पनि सम्पन्न गरिएको छ । गणकहरुलाई तथ्याङ्क कार्यालय सुर्खेतका विनोद आचार्य, बााके नेत्रहीन संघका त्रिपाठी र नेत्रहीन संघका केन्द्रीय सदस्य तारा ढकालले प्रशिक्षण दिएका थिए ।
No comments:
Post a Comment