एसएलसी परीक्षामा ढुंगामुढा

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
हुम्ला, १३ चैत ।
    मानसरोवर उच्चमाध्यमिक विद्यालय सिमीकोटमा विज्ञान विषयको एसएलसी परीक्षा चलिरहेको अवस्थामा परीक्षार्थीलाई अभिभावकले चिट चोराउने खोज्दा प्रहरीले रोकेपछि ढुंगामुढा भएको छ ।

    अभिभावकले ढुंगामुढा प्रहार गरेपछि प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेल आफ्नो सुरक्षाका लागि प्रहरी पोसाक लगाई परीक्षा केन्द्रबाट बाहिर निस्किन बाध्य भएका थिए । सो घटनामा केही प्रहरी जवान र विद्यार्थी सामान्य घाइते भएका छन् । परीक्षालाई कडाइ बनाउन खोज्दा ढुंगामुढा भएको बताइन्छ ।

No comments:

Post a Comment