जातीय विभेदका मुद्दा सदरमुकाम ल्याउन अगुवा परिचालन

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
कञ्चनपुर, १७ चैत । 
कञ्चनपुरका दलित समुदायमाथि गाउा घरमा हुने जातीय विभेद र छुवाछूतका घटना सदरमुकाम पुराउन स्थानीय दलित समुदायका अगुवा परिचालन गरिएका छन् । नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घले पीडितलाई कानुनी निकायसम्म पुराउन स्थानीयस्तरमा दलित समुदायलाई मानवअधिकार नेटवर्कमा आबद्ध गराई अभियान सुरु गरेको हो । 

नेटवर्किङ आबद्धतापछि दलित समुदायमाथि हुने मानव अधिकार उल्लङ्घनका घटनालाई सदरमुकामसम्म ल्याउन सहज भएको छ । सङ्घले विगत एक वर्षदेखि सञ्चालन गरिरहेको दलित समुदायका मानव अधिकार रक्षक परियोजनाअन्तर्गत पीडितको न्यायसम्म पहुाच पुराउन स्थानीयस्तरमा नेटवर्किङ गरिएको हो । 
दलित समुदायको सदरमुकामसम्म विभिन्न कारणले पहुाच हुादैन, त्यसैले मानव अधिकार विरोध घटनाहरू सदरमुकामसम्म आउादैन परियोजनाकी मानव अधिकार रक्षक लिला नेपालीले भन्नुभयो, ‘त्यहाासम्म पहुाच बनाएर पीडितलाई न्याय प्राप्तिमा सहयोग गर्ने उद्देश्य हो ।’ एक वर्षका अवधिमा सङ्घमा दुई दर्जनभन्दा बढी मानव अधिकार उल्लङ्घनका घटना आएका छन् । 
महाकाली नदीपारीका दोधारा, चाादनी, दैजी, झलारी, पिपलाडीलगायतका गाविसमा दलित समुदायका युवा, विद्यार्थी, अधिकारकर्मी, बुद्धिजीवीलाई नेटवर्कमा आबद्ध गरिएको परियोजना प्रमुख नेपालीले बताउनुभयो । समाजका अगुवालाई परिचालन गर्न नसक्दा मानव अधिकार उल्लङ्घनका घटना डर धाकधम्कीको भरमा सहमति गराएर मिलापत्र भएको सङ्घका अध्यक्ष दिलाराम टमटाले बताउनुभयो ।
न्यायको ढोकासम्म पुग्ने पीडित पनि दबाबमा मिलापत्र गरी घर फर्किने गरेको उहााको भनाइ छ । सङ्घको नेटवर्कमा आबद्ध दोधारा गाविसका टेकबहादुर सुनारले गाउाघरमा सार्वजनिक स्थानमा समेत दलित समुदायमाथि हुने जातीय विभेद यथावत् रहेको बताउनुभयो । हामी एकजुट नभएसम्म विभेद हट्न सक्ने अवस्था छैन उहााले भन्नुभयो, ‘त्यसका लागि गाउा सहरका मिल्नको विकल्प छैन ।’

No comments:

Post a Comment