तपाईं कुनै ठाउँमा जाँदै हुनुहुन्छ र अचानक तपाइंको मोबाइलको ब्याट्री चार्जकम हुँदै गइरहेको छ । तपाईंको साथमा मोबाइल चार्ज गर्न बिजुलीको व्यवस्था पनि छैनभने अवश्य चिन्तित हुनुहुन्छ । तर अब तपाईंको मोबाइल चार्ज गर्न विजुलीको आवश्यकता नपर्ने भएको छ । यदि तपाईंसंग आगो र पानी छभने तपाईंको मोबाइल चार्ज हुनेछ । एक जापानी कम्पनीले पानीद्वारा मोबाइलको ब्याट्रि चार्ज गर्ने प्रविधिको विकास गर्न लागेको हो ।
जापानी कम्पनीले थर्म इलेक्ट्रिक कुक पटको सहयाताले पानीको बाफबाट मोबाइल चार्ज गर्ने प्रविधि छिटै बजारमा ल्याउने भएको हो । यो भाँडोले पानीको बाफबाट निस्किएको ऊर्जालाई विजुलीमा बदल्नेछ र उक्त विजुली यूएसबी पोर्टमार्फत तपाईंको मोबाइल लगायत अरु डिजिटल डिभाइसलाई चार्जगर्न पर्याप्त हुनेछ । यो डिभाइसले एक आइफोन चार्जगर्न ३ देखि ५ घण्टाको समय लगाउने बताइएको छ ।

No comments:
Post a Comment