यदि कोइ मानिस धारिलो छुरी लिएर तपाईंतिर अघि बढ्छ भने तपाईं अवश्य पनि झसंग हुनुहुन्छ । काट्ने चिज लिएर तपाईंतिर कोही व्यक्ति बढिरहेको छभने अवश्य पनि तपाईंले आफूमाथि संकट पर्न थाल्यो भन्ने सोच्नुहुन्छ । त्यसैले यस्ता धारिलो हतियारले आफ्नो जीउसंग साक्षात्कार गर्ने अवसर नपाओस् भन्ने बारेमा सबै मान्छे सचेत बन्छन् ।
तर यो कुरो सबैको हकमा भने लागू नहुँदो रहेछ । खासगरी ताइवानको हसिनचूका बासिस्दाका लागि चक्कु कुनै डराउने वस्तु होइन वल्कि यो उनीहरुको लागि स्वास्थ्यवर्धक साधन बन्दै आएको छ । हसिनचूका बासिन्दाले धारिलो चक्कुले शरीरमा थपथपाएर उपचार गर्ने गर्छन् । यस्तो प्रकारको चक्कु मालिस गर्ने मानिसहरु लालायित हुन्छन् र चक्कु मालिसको सेवा प्रदान गर्ने ठाउँहरुमा मानिसहरुको लाइन लाग्छ ।
चक्कु मसाज गर्दा सुरुमा चक्कुलाई उदिनमा उधाएर धारिलो पारिन्छ । त्यसपछि चक्कुमा आयोडिन लगाइन्छ र रोगीको शरीरमा रगडिन्छ । यस्तो पद्धतिलाई चाइनिज नाइफ मसाज भन्ने गरिन्छ । यस्तो चक्कु मसाज गर्नाले शरीरमा रक्तसंचार राम्रो हुने, रगतमा जम्मा भएको विषाक्त पदार्थ हट्ने तथा शरीर स्वस्थ हुने जनविश्वास छ । झण्डै ३० मिनेटसम्म गरिने चक्कु मालिसका लागि १५ अमेरिकी डलर रकम तिर्नुपर्छ ।

No comments:
Post a Comment