सुर्खेतपत्र संवाददाता
नेपालगन्ज, २८ फागुन ।
बाँके जिल्लामा रक्तदाता स्वयंसेवकको संख्या दिन प्रतिदिन बढ्दै गएपछि रगतको अभाव घट्दै गएको छ । नेपाल रेडक्रसको नेपालगन्जस्थित रक्तसञ्चार केन्द्रले गत आर्थिक वर्षमा संकलन गरेको रगतमध्ये ६० प्रतिशत रगत स्वयंसेवकको रहेको जनाइएको छ । ‘रगतको अभावमा कुनैपनि बिरामीको ज्यान नजाओस् भन्ने उद्देश्यका साथ स्वयंसेवकको संख्या अझ वृद्धि गर्न बाँके रेडक्रसले प्रचारमुखी अभियान सञ्चालन गर्दै आएको छ’ रेडक्रस बाँकेका वरिष्ठ प्रशासक ईश्वरी रेग्मीको भनाइ छ ।

जिल्लामा रक्त संकलनमा बढोत्तरी भएपछि रगतको अभावमा बिरामीका आफन्त भौंतारिनुपर्ने र बिरामीको अकालमा ज्यान जाने अवस्थाको अन्त्य भएको रेडक्रस बाँकेका सभापति गोबद्र्धनसिंह सम्झनाले बताए । रक्तदान गर्ने नागरिकको संख्या बढ्दै गएपनि अझै ४० प्रतिशत रगत बिरामीका आफन्तबाट शोधभर्ना गरी रक्तसञ्चार केन्द्रले रगत उपलब्ध गराउँदै आएको छ । स्वयंसेवक रक्तदाताका अलावा जिल्लाका राजनीतिक दलका कार्यकर्ता, विभिन्न सामाजिक तथा पेसागत संघ–संगठनले समय–समयमा गर्ने रक्तदानले रगतको अभाव हुन नदिन ठूलो सहयोग पुर्याएको छ ।
रेडक्रस बाँकेका अनुसार संकलित रगतमध्ये सबैभन्दा बढी रगत गर्भवती र रजश्वलाका कारण रक्तअल्पता हुने महिलामा तथा २२ प्रतिशत रगतमात्र पुरुष बिरामीका लागि प्रयोगमा आएको छ । जिल्लामा रक्तदाता स्वयंसेवकको संख्या वृद्धि गर्न जिल्ला रेडक्रसले ‘क्लब–२५’ गठन गर्ने प्रक्रिया अघि बढाएको छ ।
क्लब–२५ अन्तर्गत १८ देखि २५ वर्षका युवबाट संकलन गरिने रगत जोखिमरहित हुने वरिष्ठ प्रशासक रेग्मीले बताए । रक्तदानका लागि युवामा उत्प्रेरणा जगाउन विश्वका केही मुलुकमा सञ्चालन गरिएको ‘क्लब–२५’ अभियान अत्यन्त सफल मानिन्छ ।
No comments:
Post a Comment