बाजुरा, २८ फागुन ।
भ्रष्टाचारको आरोपसहित जिल्ला प्रशासन कार्यालय बाजुरामा उजुरी दिइएका जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख डा. भवानीप्रसाद शर्माले रातारात जिल्ला छोडेर वेपत्ता भएका छन् । भ्रष्टाचारको आरोप लागेका शर्माले जिल्ला छाडेपछि जिल्लाको समग्र स्वास्थ्य अवस्था अलपत्र परेको छ । ३ जना चिकित्सकको दरबन्दी भएको यस जिल्लामा अब एकजना पनि चिकित्सक छैनन् ।
भ्रष्टाचारको आरोपसहित जिल्ला प्रशासन कार्यालय बाजुरामा उजुरी दिइएका जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख डा. भवानीप्रसाद शर्माले रातारात जिल्ला छोडेर वेपत्ता भएका छन् । भ्रष्टाचारको आरोप लागेका शर्माले जिल्ला छाडेपछि जिल्लाको समग्र स्वास्थ्य अवस्था अलपत्र परेको छ । ३ जना चिकित्सकको दरबन्दी भएको यस जिल्लामा अब एकजना पनि चिकित्सक छैनन् ।
जिल्ला स्वास्थ्य कार्यालयमा औषधि र सामान खरिद तथा कर्मचारी नियुक्ति लगायतका मुद्दामा भ्रष्टाचारको आरोप लागेका शर्माले एकाएक जिल्ला छोड्नु सुरक्षा निकायको लापरवाही भएको सरोकारवालाको आरोप छ । भ्रष्टाचारीलाई कारवाहीका लागि जिल्ला प्रशासन कार्यालयले समेत दुई महिना अघिदेखि निगरानी गर्दै आएको थियो ।
प्रमुखले जिल्ला छाडेपछि जिल्लाको विकट गाविसमा रहेका स्वास्थ्य चौकीमा औषधि खरिदका लागि समस्या भएको छ । जिल्लाको उत्तरी क्षेत्रका ११ गाविसको पायक पर्ने कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा पर्याप्त औषधि राखिएको भएपनि अति विकट भनेर चिनिने बिच्छयाँ र रुगिन गाविसका स्वास्थ्य चौकीमा सिटामोलको समेत अभाव भएको छ ।
कोल्टीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत डा. विश्वराज बराल अध्ययन विदामा जिल्ला बाहिर गएपछि सो स्वास्थ्य केन्द्रपनि डाक्टरविहीन भएको छ । साथै स्वास्थ्य तथा उपस्वास्थ्य चौकीका लागि खरिद गरिएको औषधिको म्याद गुज्रने अवस्था सिर्जना भएको प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका वीरजंग
शाहीले बताए ।
प्रमुख डा. शर्माले जिल्लाको स्वास्थ्य विकासको रकम हिनामिना गरेको आरोपका बारेमा स्वास्थ्य सेवा विभागलाई जानकारी गराइएको भएपनि हालसम्म नयाँ व्यवस्था बारे कुनै खबर नगरिएको अस्पताल प्रशासनले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालयले भने जिल्लामा औषधि पर्याप्त रहेको दाबी गरेको छ । सरकारले चार वर्षअघि नि:शुल्क स्वास्थ्य सेवाको नीति घोषणा गरी अस्पताल तथा स्वास्थ्य चौकीबाट नि:शुल्क औषधि उपलब्ध गराउने बताएको थियो । सो नीतिअनुरूप उपस्वास्थ्य चौकीबाट २२, स्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य चौकीबाट ३२ र जिल्ला अस्पतालबाट ४० प्रकारका औषधि नि:शुल्क पाउने व्यवस्था गरेको छ । तर जिल्लाका दुर्गम क्षेत्रका जनताले यो सेवा पाउन सकेका छैनन् । जिल्ला प्रशासन कार्यालयले भने दोषी भए कारबाही गरिने दृढता व्यक्त गरेको छ । प्रमुख जिल्ला अधिकारी प्रेमसिंह कँुवरले उजुरी प्राप्त भइसकेकाले छानबिनमा सहज भएको बताए । (रासस)
No comments:
Post a Comment