नायिका रेखा थापासंग प्राय: धेरै नायकको दोस्ती खासै लामो समय चलेको पाइंदैन । धेरै नायकहरु रेखासंग दोस्ती गरेको केही समयमा नै टाढा भएका उदाहरण छन् । नायिका थापासंग निखिल उप्रेती, विराज भट्ट, आर्यन सिग्देल अहिले पानी वारावारको अवस्थामा छन् । प्राय: यी सवै नायकहरुले रेखासंग सिनेमा खेलिसकेका छन् । तरपनि रेखालाई यो विषयमा भने अभाग्यमानी नै ठान्नुपर्दछ कि उनको दोस्ती कुनैपनि नायकसंग लामो समय टिक्दैन । नायिका रेखा थापासंग एक जना नायकपनि नराम्रोसंग विच्किएका छन् । उनले गरेको व्यवहारले यी नायक विच्किएका हुन् ।
उनको नाम हो, वावु वोगटी । चलचित्र ‘वाटो मुनिको फुल’मा रेखा र वावुले संगै काम गरेका थिए । यसपछि भने यी दुईले कुनैपनि सिनेममा खेलेका छैनन् । उनै नायक वावु वोगटी रेखासंग खासै सन्तुष्ट देखिएका छैनन् । एक कार्यक्रममा भेटिएका वावुले रेखासंगको आफ्नो असन्तुष्टि पोखिरहेका थिए । रेखाले आफूले सम्मान गरेर बोल्न खोज्दा पनि खासै भाउ नदिएको जस्तो व्यवहार देखाएपछि वावुलाई रेखासंग चित्त दुखेको रहेछ । उनले भने, ‘राम्रोसंग बोल्न खोज्दा खासै वास्ता नगरेको जस्तो गर्छभने मैले मात्र के भाउ दिने हैन ? यसरी, रेखाको व्यवहारवाट वावु वोगटी पनि विच्किएका छन् । यतिवेला, नायिका रेखा थापा र सविन श्रेष्ठ नजिकिएका छन् । तर, हाम्रो त भनाई यतिमात्र हो सविनजी, रेखाको साथ पाएर मख्ख परिनहाल्नु है ।

No comments:
Post a Comment