सुर्खेत, १७ चैत ।
मध्यपश्चिमको पत्रकारिताको विकास, उन्नति, चुनौतीका बारेमा छलफल गर्न आज शनिवार सुर्खेतमा क्षेत्रीय मिडिया सम्मेलन सुरु हुदैंछ । प्रेस काउन्सिल नेपाल, सूचना विभाग, न्यूनतम पारिश्रमिक निर्धारण समिति र नेपाल पत्रकार महासंघको संयुक्त आयोजनामा सो सम्मेलन हुन लागेको हो ।
सम्मेलनमा मध्यपश्चिम क्षेत्रबाट गरी ७० जनाभन्दा बढी पत्रकारहरुको सहभागिता रहने जनाइएको छ । यस क्षेत्रका संचारमाध्यम र संचारकर्मीहरुले भोग्नुपरेको समस्या, चुनौतीका वारेमा गहन छलफल गरिने पत्रकार महासंघका केन्द्रीय सदस्य एवं मध्यपश्चिम संयोजक सूर्यमणि गौतमले बताए । सम्मेलनमा प्रेस काउन्सिलका अध्यक्ष नारायणप्रसाद शर्मा, न्यूनतम् पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गोविन्द आचार्य, नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव ओम शर्मालगायतको उपस्थिति रहने बताइएको छ ।
No comments:
Post a Comment