सुर्खेत, २७ फागुन ।
नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान सिंहले शान्ति प्रक्रिया टुंग्याउने र संविधान बनाउने जिम्मा माओवादीकै हातमा निर्भर रहेको बताएका छन् । शनिवार नेपाली कांग्रेस सुर्खेतद्वारा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले शान्तिप्रक्रिया र संविधान बनाउन माओवादी इमान्दार हुन नसकेकोले नै मुलुक समस्यामा फसेको उल्लेख गरे ।
नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान सिंहले शान्ति प्रक्रिया टुंग्याउने र संविधान बनाउने जिम्मा माओवादीकै हातमा निर्भर रहेको बताएका छन् । शनिवार नेपाली कांग्रेस सुर्खेतद्वारा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले शान्तिप्रक्रिया र संविधान बनाउन माओवादी इमान्दार हुन नसकेकोले नै मुलुक समस्यामा फसेको उल्लेख गरे ।
शान्तिप्रक्रिया टुंग्याउन र संविधान बनाउन माओवादीले आलटाल गरिरहेकोले छिटो शान्ति प्रक्रिया टुंग्याउने र नयाँ संविधान बनाउने जिम्मा माओवादीमै निर्भर रहेको उनको भनाइ छ । माओवादीभित्रको आन्तरिक द्वन्द्व, सेना समायोजनमा उसले गरेको ढिलाइले आलटाल गरिरहेको आरोप लगाउँदै उनले यदि माओवादी साँच्चै इमान्दार भए तोकिएको समयै संविधानपनि बन्ने र शान्तिप्रक्रियापनि टुंगिने जिकिर गरे ।
संविधानसभामा सवैभन्दा ठूलो दलको ‘ट्याग’ जोगाइराख्न उसले शान्ति र संविधान बनाउन ढिलाइ गरिरहेको आरोप महामन्त्री सिंहले लगाए । विशेष समितिको बैठक नबोलाउनु, संविधानसभाको विवाद समाधान समितिमा माओवादीकै सभासदहरुले विवाद खडा गर्नुले न त समयमै संविधान बन्ने न त शान्तिप्रक्रिया नै टुंगिने अवस्था आइलागेको उनले बताए । संविधान जारी गर्ने दिन जतिजति छोटिदैंछ, चुनौतीहरु उतिउति बढ्दै गइरहेको बताउँदै उनले माओवादी इमान्दार भए संविधान बन्नसक्ने जिकिर गरे । माओवादी शान्तिप्रक्रियाभन्दा पहिला संविधान बनाउन चाहने तर कांग्रेस संविधानभन्दा पहिला शान्तिप्रक्रिया टुंग्याउन चाहने भएकोले यसैमा कुरा नमिलेको जिकिर उनले गरे ।
कार्यक्रममा पूर्वमन्त्री एवं सभासद रमेश लेखकले माओवादीलाई विग्रेको गाडीको संज्ञा दिदैं न आफै गुड्न नसक्ने न धक्का दिंदापनि राम्ररी गुड्न सक्ने भनी टिप्पणी गरे । उनले माओवादीले आफूले गरेको सहमतिको पालना गर्न नसक्दा मुलुक समस्यामा फसेको बताउँदै शान्तिप्रक्रिया र संविधान बन्न ढिलाइ हुनुमा माओवादी नै दोषी रहेको आरोप लगाए । माओवादीले हतियारको छाँयामा संविधान बनाउन खोजेको टिप्पणी गर्दै उनले भने, ‘तर कांग्रेसले कदापि त्यसो गर्न दिनेछैन ।’
नेपाली कांग्रेस सुर्खेतका सभापति तप्तबहादुर विष्टको सभापत्विमा भएको कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्यहरु बद्री पाण्डे, उमा पाण्डे, सुरेन्द्र पाण्डे, सभासद गणेशबहादुर खड्कालगायतले बोलेका थिए । आज आइतवार दैलेखमा आमसभा हुदैंछ ।
No comments:
Post a Comment