सुर्खेत, २७ फागुन ।
सुर्खेत उद्योग बाणिज्य संघ अन्तर्गतका विभिन्न बस्तुगत समितिहरुले संघको निर्वाचन आगामी बैशाख ११ गते अगाडि नै गराउन दवाव दिएका छन् । शनिवार विष्णुप्रसाद शर्माको अध्यक्षतामा बसेको बस्तुगत समितिको बैठकले संघको संकटपूर्ण स्थिति निवारण गर्नका लागि भएपनि संस्थाको विधान बमोजिम बैशाख १२ गते कार्यसमितिको म्याद समाप्त हुनेभएकोले बैशाख ११ गते अगाडि नै चुनाव गराउनुपर्ने निर्णय गरिएको हो ।

हाल संघभित्र उत्पन्न विवादले व्यवसायी र संघको मर्यादामाथि नै आँच आएकोले अविलम्ब चुनाव गराउनुपर्ने उनीहरुको भनाइ छ । उनीहरुले सात दिनभित्र संघको विवाद मिलाउन अध्यक्षले पहल गर्नुपर्ने अन्यथा व्यवसायीहरुको बृहत भेला गरी उक्त भेलाको म्यान्डेट अनुसार अगाडि बढ्ने निर्णयपनि भेलाले गरेको छ । साथै संघमा राजनीतिकरण भएकोमा बैठकले निरासा प्रकटपनि गरेको छ ।
No comments:
Post a Comment