सिम्ताका पर्यटकीयस्थलहरुको संरक्षण गर्न स्थानीयको पहल

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
सुर्खेत, १८ चैत ।
पूर्वी सुर्खेतको सिम्ता क्षेत्रमा रहेका पर्यटकीयस्थलहरुको संरक्षण गर्न स्थानीयबासीहरुले पहल थालेका छन् । बजेडीचौर र आग्रीगाउँमा रहेका पर्यटकीय स्थलहरुलाई खोजी गरी प्रचारप्रसार गर्ने अभियानहरुमा उनीहरु सक्रिय भएका हुन् । बजेडीचौर गाविस वडा नं. ८ मा रहेको कोटको थुम्को, खानीपाखा गुफाको संरक्षण गर्न स्थानीयहरु कस्सिएका छन् । 

थुम्कोमा मन्दिर बनाउने कार्य थालिएको छभने खानीपाखा पुरिन थालेपछि गुफामा जानमिल्ने बाटो खोलिएको सिम्ता क्षेत्र पर्यटन प्रवद्र्धन समितिका अध्यक्ष रुद्र बस्नेतले बताए । कोटको थुम्कोबाट सुर्खेतका खानीखोला, डाँडाखाली, काप्रिचौर, राकम, आग्रीगाउँ, घोरेटा, काफलकोटलगायत ७ गाविसको अवलोकन गर्न सकिने बताइन्छ । यस्तै खानीपाखामा पहिले फलाम खानी भएको विश्वास गरिन्छ । त्यस्तै बजेडीचौर गाविस वडा नं. ७ देखि आग्रीगाउँ गाविसको देउली जोड्ने ७ किलोमीटर बाटोलाई मर्मत गरी मोटरसाइलक संचालन गर्न सक्ने बनाइ उद्घाटनसमेत गरिएको छ । उद्घाटनका लागि एमाले सुर्खेतका सचिवालय सदस्य कविन्द्र केसी र जागरण एफएमका कार्यकारी निर्देशक नवराज शर्मा पुगेका थिए । 
सिम्ता क्षेत्रमा रहेका पर्यटकीय स्थलहरुको जानकारी लिनका लागि यही चैत २२ गते स्थानीय विकास अधिकारी एवं पर्यटन प्रवद्र्धन कार्यदल समिति सुर्खेतका संयोजक हिरालाल रेग्मीको टोली त्यस क्षेत्रमा जाने तयारीमा छ । 

No comments:

Post a Comment