थोरै प्रदेश बनाएर राज्यको पुनर्संरचना गर्न सुझाव

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
जाजरकोट, ५ बैशाख ।
    नेकपा एमालेका अध्यक्ष झलनाथ खनाललाई सामथ्र्य, पहिचान र भूगोलका आधारमा थोरै प्रदेश बनाएर राज्यको पुनर्संरचना गर्न जाजरकोटबासीले सुझाव दिएका छन् । शान्ति र संविधानका लागि विशेष फोन संबाद अभियान कार्यक्रम अन्तर्गत मंगलवार जाजरकोटबासीका तर्फबाट उत्तर दक्षिण सीमाना हुने गरी प्रदेशको नक्सांकन गरी सीमांकन, प्रदेश ५ देखि ७ वटासम्म मात्र हुनुपर्ने, जातीय आधारमा संघ विभाजन गर्न नहुने सुझाव दिइएको छ । त्यसैगरी स्वतन्त्र न्यायपालिका, मिश्रित निर्वाचन, दलित र महिलाको अधिकारको ग्यारेन्टी, प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर्नुपर्ने लगायतका सुझाव अध्यक्ष खनाललाई दिइएको छ ।

    नेकपा एमाले जाजरकोटका अध्यक्ष डम्वर सिंह, भेरी ज्ञानोदय क्याम्पसका प्रमुख मोहनविक्रम शाह, पूर्व जिविस सभापति भैरवसुन्दर श्रेष्ठ,
गैसस महासंघका अध्यक्ष खिमबहादुर शाही, पत्रकार वीरबहादुर गिरी लगायतले अध्यक्ष खनाललाई विबादित विषयबस्तु यथास्रिघ मिलाई जेठ १४ भित्र कुनैपनि हालतमा संविधान जारी गर्न जोड दिएका छन् । जिल्लाबासीको तर्फबाट नयाँ बन्ने संविधानमा एमालेको स्पष्ट धारण माग गरेका छन्

No comments:

Post a Comment