सुर्खेत, ५ बैशाख ।
गर्भवती महिला तथा कुपोषितलाई खुवाउनका लागि स्वास्थ्यचौकीबाट नि:शुल्करुपमा दिइने आइरन चक्की सुर्खेतमा विगत एक महिनादेखि अभाव देखिएको छ । नि:शुल्क वितरणमा राखिएको सो औषधि स्वास्थ्यकेन्द्रमा नभएपछि गर्भवती महिलाहरुलाई मेडिकलमा किन्न पठाइएको छ ।

सदरमुकाम वीरेन्द्रनगरनजिकैका कटकुवा, लाटिकोइली इलाका स्वास्थ्य चौकीमा विगत एक महिनादेखि आइरन चक्की छैन । गर्भवती महिलाहरुलाई स्वास्थ्यकेन्द्रमा औषधि छैन, बजारका मेडिकलबाट किनेर लिनुहोला भनेर स्वास्थ्यकर्मीहरुले भनेका छन् । कटकुवा इलाका स्वास्थ्य चौकीमा नियमित चेकजाँच गराउन आएका महिलालाई मेडिकलबाट आइरन चक्की किनेर लानु भनेको एक महिलाले बताइन् ।
यस्तै लाटिकोइली इलाका स्वास्थ्य चौकीमा पनि एक महिनादेखि आइरन चक्की छैन । चौकीका सिअहेव कमला तिवारीले चौकीमा आइरन चक्की नभएपछि गर्भवती महिलालाई दिन नसकिएको बताइन् । करिव एक महिनादेखि आइरन चक्की उपलव्ध छैन ।
यता जिल्ला स्वास्थ्य कार्यालयले भने जिल्लामा एक सातादेखि आइरन चक्की नभएको स्वीकारेको छ । कार्यालयका निमित्त प्रमुख गंगाप्रसाद घिमिरेले जिल्लामा भएको आइरन चक्की सकिएको र क्षेत्रीय मेडिकल स्टोरबाट आइ नपुगेकोले अभाव देखिएको बताए । मंगलवार कार्यालय प्रमुख नेपालगन्ज गएकोले औषधि आउँछ कि भन्ने आश उनले गरेका छन् ।
No comments:
Post a Comment