२० वर्ष ढुक्कले बल्ने बिजुलीको बल्ब

    तपाईंले आफ्नो घर कोठामा प्रयोग गर्नुभएको बिजुलीको बल्ब कति समयसम्म चल्छ ? सायद केही महिनादेखि बढीमा वर्षदिनसम्म । तर अमेरिकामा यस्तो बल्बको निर्माण गरिएको छ जो २० वर्षसम्म निरन्तर बाल्दापनि बिग्रिंदैन । यो बल्बलाई डच कम्पनी फिलिप्सले बनाएको हो ।
साधारण बल्बमा प्रकाश दिनको लागि प्रयोग गरिने फिलामेन्टको साटो यो बल्बमा लाइट इमिटिङ डायोट अर्थात एलइडी प्रयोग गरिएको छ ।
    यही एलइडीको कारण यो बल्बको आयु २० वर्षभएको हो ।अमेरिकाको ऊर्जा मन्त्रालयले आइतबार पृथ्वी दिवसको अवसरमा गरेको ब्राइट ट्रमरो नामको प्रतियोगितामा फिलिप्सले उक्त बल्बको डिजाइन प्रस्तुत गरेको हो । २० वर्षआयु भएको उक्त बल्ब प्रतियोगितामा पहिलो भएको छ । ६० वाटको सामान्य बल्बले भन्दा यो एलइडी बल्बले कम बिजुली खपत गर्ने र बढी उज्यालो दिने बताइएको छ । यो एलइडी बल्बको मुल्य ६० डलर अर्थात झण्डै ५ हजार रुपैयाँ पर्नेछ । अब छिट्टै यो बल्बलाई अन्तर्राष्ट्रिय बजारमा पठाइने फिलिप्सले जनाएको छ ।

No comments:

Post a Comment