सुर्खेत (गुटु), ११ बैशाख ।
पश्चिमको गुटुलाई सुर्खेतको ११ औं खुल्ला दिसामुक्त गाविस घोषणा गरिएको छ । सोमवार गाविसमा एक कार्यक्रमको आयोजना गरी नाच्दै गाउँदै गुटुलाई खुल्ला दिसामुक्त घोषणा गरिएको हो । गुटु गाविसका सचिव शरणबहादुर बडवालले कार्यक्रममा भेला भएका गाविसबासीलाई ‘अवदेखि खुल्लारुपमा दिसापिसाव गर्नेछैन, चर्पीमा मात्रै दिसापिसाव गर्नेछौं’ भनी प्रतिवद्धता गराए । कूल १५ सय ३४ घरधुरी रहेको गाविसमा १२ सय ८७ पक्की, ५१ वटा कच्ची, ५४ वटा साझेदारी शौचालय बनेका छन्भने शौचालय नबनाएका घरधुरीको संख्या १४२ रहेको छ । गाविसमा रहेका ९० प्रतिशतभन्दा बढी घरधुरीले शौचालय बनाएपछि सोमवार गाविसलाई एक कार्यक्रमको आयोजना गरी खुल्ला दिसामुक्त घोषणा गरिएको हो ।

२०६७ साल माघ २६ गतेदेखि गुटु गाविसलाई खुल्ला दिसामुक्त बनाउने अभियान थालिएको थियो । यही बैशाख २ गते मुक्त घोषणा गर्ने भनिएपनि विविध कारणबस लोकतन्त्र दिवसको अवसर पारी सोमवार खुल्ला दिसामुक्त घोषणा गरिएको गाविस सचिव शरणबहादुर बडवालले बताए । उनले अभियानको सुरुदेखि अन्त्यसम्म सवै गाविसबासीहरुले सहयोग पुर्याएको, आत्मसम्मान र गौरवका साथ गाविसलाई खुल्ला दिसामुक्त घोषणा गरिएको जानकारी दिए ।
अभियानका क्रममा शौचालय नबनाउने घरपरिवारलाई गाविसलगायत, विद्यालय, स्वास्थ्यचौकी, सहकारी संघसंस्था, वन समूहले सेवा सुविधा रोक्का गरेको जानकारी गाविसस्तरीय खानेपानी तथा सरसफाई समन्व्य समितिका सचिव इन्द्रबहादुर जैसुरीले दिए । उनले अहिले गाविसमा सरसफाई कार्ड वितरण गरिएको, सहकारीले शौचालय बनाउन ऋण उपलव्ध गराएको, शौचालय नबनाउने शिक्षकको तलव रोक्का गरेको, शौचालय बनाउन घरदैलो अभियान गरिएको बताए ।
यसैवीच सोमवार गाविसमा बृहत कार्यक्रमको आयोजना गरी सुर्खेतका स्थानीय विकास अधिकारी हिरालाल रेग्मीले गुटुलाई ११ औं खुल्ला दिसामुक्त गाविसको रुपमा घोषणा गरे । उनले सन् २०१५ भित्र सुर्खेतलाई खुल्ला दिसामुक्त जिल्ला बनाउने अभियान स्वरुप यसअघि १० वटा गाविसलाई घोषणा गरिसकिएको र गुटु ११ गाविसको रुपमा घोषणा भएको जनाए । सवैको सहयोगले गाविसहरु खुल्ला दिसामुक्त भएको खुशी प्रकट गर्दै उनले यही गतिलाई हेर्ने होभने सुर्खेत जिल्ला आफ्नो लक्ष्यमा सफल हुने बताए ।
यस्तै जिल्ला प्राविधिक कार्यालयका सिनियर डिभिजनल इन्जिनियर रेवतीरमण पराजुली, क्षेत्रीय अनुगमन तथा सुपरीवेक्षण कार्यालयका इन्जिनियर अर्जुनबहादुर बम, नेपाली कांग्रेसका सभापति तप्तबहादुर विष्ट, नेपाल पत्रकार महासंघका अध्यक्ष दुर्गा थापा, एमाओवादीका नरेन्द्र कार्की, एमालेका गजबहादुर बयक, नेवाका मन वाग्लेलगायतले घर आफै बनाउन सक्नेले शौचालयन बनाउन अरुलाई कुर्नु विडम्बना भएको बताएका थिए । गाविसलाई खुल्ला दिसामुक्त घोषणा गरिएपछि गाविसबासीपनि खुशी भएका छन् । वडा नं. ९ भम्केका कविराम विकले आफ्नो गाविस खुल्ला दिसामुक्त भएकोमा खुशी प्रकट गरे । उनले आफूहरु शौचालयन नभएको घरको पानी नखाने बताउँदै अरुलाई पनि शौचालय बनाउन सुझाव दिएका जनाउँछन् ।
No comments:
Post a Comment