कछुवा जस्तो बालकको सफल शल्यक्रिया

Bookmark and Share 


पिठ्युँमा कछुवाको खपटोजस्तो देखिने बडेमाको कालो मासुको थुप्रो भएका एक बालकको कोलम्बियामा सफल शल्यक्रिया गरिएको छ । कछुवा बालक भनिने डाइडिएर मोन्टाल्भो नामका ६ वर्षका ती बालकको बेलायती डाक्टरहरुले सफल शल्यक्रिया गरेपछि उनको जीवन सामान्य बनेको छ । कन्जेनिटल मेलानोसाइट नेभस भनिने त्यस्तो समस्या भएका ती बालकको नि:शुल्क उपचार गरिएको हो । कोलम्बियाको दुर्गम गाउामा जन्मिएका ती बालकका बुवाआमासाग उनको उपचारको लागि पैसा नभएको र ती बालकको अवस्था निकै नाजुक रहेको भन्ने खबर थाहा पाएपछि नेइल ब्रोस्टोड नामका बेलायती प्लास्टिक सर्जनलगायतको टोली कोलम्बिया पुग्यो ।

अनि राजधानी बोगोटाको एक अस्पतालमा ल्याएर ती बालकको सफल शल्यक्रिया सम्पन्न गर्‍यो । ती बालकका बुवाआमा शल्यक्र्रियापछि छोरा सामान्य अवस्थामा फर्किएकोमा खुसी छन् । यसअघि उनीहरुले ग्रहण लागेको बेलामा आफूहरुले सम्भोग गरेर गर्भ रहेकाले छोरा त्यस्तो समस्या सहित जन्मिएको अन्धविश्वास पालिरहेका थिए ।

No comments:

Post a Comment