भेष बद्लेर मृत बाबुआमाको भत्ता झ्वाम

Bookmark and Share 

पैसा भनेपछि महादेवका पनि आँखा लाग्छन् भन्ने उखान सत्य नै हो । आखिर पैसा पाउन मान्छेले के मात्र गर्दैन ? पैसाको लोभमा मान्छेले आफ्ना मृत बुवाआमाको भेष बनाएर वृद्धभत्ता थाप्न आफैं जाने सम्मको साहस गर्दारहेछ । यस्तै भएको छ अमेरिकामा । अमेरिकाको न्युयोर्कमा एक मानिसले आफ्नी मृत आमाका कपडा लगाएर र आमाकै स्वरुपमा सिंगारपटार गरेर ६ वर्षदेखि आमाको नामबाट वृद्धभत्ता लिइरहेको खुलासा भएको छ ।

५३ वर्षको थोमस पार्किन नामको पुरुषले आफ्नी मरिसकेकी आमाको मृत्युदर्ता नगरी ६ वर्षसम्म स्थानीय प्रशासनबाट लगातार वृद्धभत्ता थाप्दै आएका थिए । उनले मरिसकेकी आमाका कपडा लगाएर, महिलाको जस्तै भेष बनाएर प्रशासन कार्यालयमा वृद्धभत्ता बुझ्न जाँदा रहेछन् । महिनाको सात सय डलर वृद्धभत्ता तथा अपांग भत्ता समेतको लोभमा यस्तो दुश्साहस गरेका उनले ६ वर्षमा आमाको नामको सामाजिक सुरक्षा रकम वापतको १ लाख १५ हजार डलर बुझेका रहेछन् ।
आमा आइरिन प्रस्किन ७३ वर्षको उमेरमा सन् २००३ मै मृत्यु भैसकेको रहेछ । थोमसले सन् २००९ सम्म मृत आमाको भेष बनाएर वृद्ध भत्ता बुझिरहे । तर त्यसपछि भने उनी पक्राउ पर्ने डरमा आमाको वृद्धभत्ता बुझ्न गएनन् । यद्यपि उनको कुकर्म धेरैदिन लुकेन । सरकारी अधिकारीहरुले सुराकीको आधारमा उनको उक्त कामको विषयमा अनुसन्धान गर्न उनलाई पक्राउ गरियो । उनीमाथि अदालतमा मुद्दा समेत चलाइएको छ । (एजेन्सीको सहयोगमा)
मा

No comments:

Post a Comment