द्वन्द्वपीडित परिवारलाई बैंकको सहयोग

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
नेपालगन्ज, २२ चैत ।
       जिल्ला कृषि विकास कार्यालय बाँकेले द्वन्द्वपीडित परिवारलाई खेतीपातीमा आर्थिक सहयोग गर्ने भएको छ । द्वन्द्वपीडित परिवारको छुट्टै किसान समूह मूल समिति बनाएर उन्नत तरिकाले खेती गर्न सिकाउनुका साथै बीउबिजन, कीटनाशक औषधिलगायत सामानमा समूहमार्फत अनुदान दिई कृषि उत्पादन बढाउने सो कार्यालयले जनाएको छ ।

    यसैअनुसार सो कार्यालयले विभिन्न गाविसमा क्षेत्रगत हिसाबले किसान समूह मूल समिति बनाउन सुरु गरेको छ । यसै क्रममा कृषि सेवा उपकेन्द्र नरैनापुरका कृषि प्राविधिक ओमप्रकाश शर्माको अगुवाइमा आज नरैनापुर द्वन्द्वपीडित किसान समूह मूल समिति गठन गरिएको छ । नरैनापुरका द्वन्द्वपीडित रामानन्द शर्माको अध्यक्षतामा गठन भएको सो समितिमा उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र सदस्य गरी १९ जना रहेका छन् ।

No comments:

Post a Comment