ऋषि स्मृति दिवस मनाइने

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
सुर्खेत, २२ चैत ।
    नेकपा एमाले सुर्खेत र ऋषि स्मृति प्रतिष्ठान सुर्खेतले आज (विहीवार)देखि सप्ताहव्यापी कार्यक्रम गरी ऋषि स्मृति दिवस मनाउने भएको छ ।

    ऋषि स्मृति प्रतिष्ठानको आयोजनामा बुधवार आयोजित पत्रकार सम्मेलनमा सप्ताहव्यापी कार्यक्रम गरी मनाउन लागिएको ऋषि स्मृति प्रतिष्ठानका अध्यक्ष डण्डीप्रसाद शर्माले बताए ।
    सप्ताहव्यापी कार्यक्रममा युवा संघ सुर्खेतद्वारा विहीवार बिहान ८ बजे ऋषि स्मृति भवनमा रक्तदान कार्यक्रम, २४ गते अनेरास्ववियु सुर्खेतद्वारा शिक्षा क्याम्पसमा ७ बजेदेखि गजल प्रतियोगीता, २५ गते बिहान क्षेत्रीय अस्पतालका बिरामीलाई फलफूल वितरणलगायतका कार्यक्रम गरिने जनाइएको छ ।

No comments:

Post a Comment