सुर्खेत, ५ बैशाख ।
दशरथपुरस्थित माओवादीको छैठौं डिभिजनबाट मंगलवारसम्म ९ सय ८७ जना लडाकुहरुले स्वैच्छिक अवकाश लिएका छन् । कूल १५ सय ५९ जनामध्ये ९ सय ८७ जनाले स्वैच्छिक अवकाश लिएका हुन् । जसमा महिला लडाकुको संख्या ८७ छ । त्यसअघि १ सय १० जना महिला लडाकुले समायोजन रोजेका थिए । डिभिजन कमाण्डर महेन्द्र शाहीलगायतले भने स्वैच्छिक अवकाश लिएका छैनन् ।

समायोजन प्रक्रिया पूरा भएपछि अन्त्यमा उनीहरुले अवकाश लिने विशेष समितिका टोली संयोजक डा. दिपकप्रकाश भट्टले जनाए ।
No comments:
Post a Comment