सुर्खेत, ५ बैशाख ।
वीरेन्द्रनगर नगरपालिकाले बजार क्षेत्रको नालामा फोहर फाल्नेलाई कारबाही सुरु गरेको छ । मंगलवार बजारस्थित कालिका इम्पोरियमलाई ५ सय जरिवाना गराएको छ । सफा गरेको नालीमा प्लास्टिक तथा फोहर फालेकोले जरिवाना तिराइएको वीरेन्द्रनगर नगरपालिकाका कार्यकारी अधिकृत ललितकुमार बस्नेतले जनाए । नगरपालिकाले सोमवारदेखि नालीमा फोहर फाल्नेलाई कारबाही गर्ने जनाएको थियो ।

मंगलवार नै नालीमा प्लास्टिक तथा फोहर नफाल्न मौखिक चेतावनीसमेत दिएको छ । यदि अटेर गरेको पाइएमा अर्को पटकदेखि १५ हजार जरिवाना तिराइने कार्यकारी अधिकृत बस्नेतले बताए । नगरपालिका अहिले नगर सफा गर्ने अभियानमा जुटेको छ ।
No comments:
Post a Comment