सुर्खेत, २७ चैत ।
आफ्नै पार्टीका केन्द्रीय अध्यक्ष कुनैपनि ठाउँमा आउँदा नेता तथा कार्यकर्ताहरु बेफुर्सदी हुन्छन् । तर सोमवार वीरेन्द्रनगरमा भने पार्टीका अध्यक्ष स्वयं आउँदा उनीहरु कोही बेखबर जस्तै थिएभने कोही आफ्नै घरतिर आराम गरिरहेका थिए ।
प्रसंग हो, संविधानसभाको सवैभन्दा ठूलो पार्टी एकीकृत नेकपा माओवादीको । पार्टीको कामले डोटी जान हिंडेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सोमवार विहान सुर्खेत विमानस्थलमा ओर्लिए । आइतवारदेखि सुर्खेतको फुलवारी होटलमा संचालन भएको माओवादीको भेरी–कर्णाली राज्य समितिको प्रशिक्षणमा सहभागी गराउन अध्यक्ष दाहाललाई लिन भेरी–कर्णालीका नेताहरु विमानस्थल पुगे । अध्यक्ष दाहालसमेत आधा घन्टाको लागि होटल फुलवारी आए । दाहाल आएपनि राज्यस्तरका नेताहरु कोही बजारबाटै घरतर्फ लाग्दै थिएभने कोही घरमा आराम गरिरहेका थिए ।
दाहाल होटल पसेलगत्तै राज्य समितिका सदस्य ईश्वर सुनार होटल अगाडिकै बाटोबाट तलतिर गइरहेका थिए । आफ्नो पार्टीको अध्यक्ष सुर्खेत आएको तपाईंलाई थाहा भएन भनेर सोध्दा सुनारले उनी गएपछि मात्रै थाहा पाएको बताए । तपाई पनि पार्टीको राज्यस्तरको नेता हो किन चासो भएन भन्दा उनले पार्टी एउटै भएपनि विचार र राजनीतिमा फरक आएकोले आफूहरुले प्रचण्डलाई बेवास्ता गरेको जनाए ।
त्यस्तै राज्य समितिका अर्का सदस्य दान सिंह विक प्रचण्ड सुर्खेत आउँदा आफ्नो घरमै आराम गरिरहेका थिए । अध्यक्षको स्वागत गर्न किन नगएको भन्ने प्रश्नमा उनले प्रचण्ड सुर्खेतमा एउटा गुटको कार्यक्रममा आएकोले नगएको बताए । आफूहरुले राज्यसमितिको सदस्य भएपनि प्रशिक्षण सम्वन्धी थाहा नभएको उनले जनाए ।
यहाँ संचालन भइरहेको भेरी कर्णाली राज्य समितिको प्रशिक्षणसमेत अवैध भएको आरोप उनले लगाए । जनयुद्धका बेला प्रचण्डको एक बोलीको आदेश पर्खने तल्लो तहका नेता कार्यकर्ताहरु अहिले एक अर्कालाई बेवास्ता र बहिष्कार गर्नेसम्ममा पुगिसकेका छन् । प्रचण्ड आउँदा बैद्य पक्षधरहरु बेवास्ता गर्ने र बैद्य पक्षधरहरु आउँदा प्रचण्ड पक्षधरहरुले बेवास्ता गर्ने प्रवृत्ति जिल्ला तहमा पनि आइसकेको छ । केही दिन अघि मैनतडामा बैद्य पक्षको प्रशिक्षण कार्यक्रममा नेताहरु नेत्र विप्लव चन्दहरु आउादा प्रचण्ड पक्षधहरुले वेवास्ता गरेको बताइन्छ ।
बैद्य पक्षधरका मानिने सुर्खेतका माओवादी इन्चार्ज कृष्णप्रसाद धमला ‘गम्भीर’ले यहाँ संचालित प्रशिक्षण पार्टीको नभइ गुटको भएकोले सहभागी नभएको बताएभने प्रचण्ड पक्षधरका मानिने सेक्रेटरी भीमबहादुर मल्ल ‘सुभास’ले पार्टीलाई जनस्तरमा पुर्याउन प्रशिक्षण भेलाको आयोजना गरिएको जनाए ।

‘जेठ १४ भित्रै संविधान बन्छ’
सुर्खेत, २७ चैत । सुस
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जेठ १४ भित्रै शान्ति प्रक्रिया टुंगिने र संविधानपनि बन्ने दावी गरेका छन् । सोमवार सुर्खेतमा आयोजित पार्टीको भेरी–कर्णाली राज्य समितिको प्रशिक्षण भेलामा बोल्दै उनले तोकिएको मितिभित्रै शान्तिप्रक्रिया टुंगिने र संविधान बन्ने भएकोले कार्यकर्तालाई उत्साहित हुन पनि निर्देशन दिए । अध्यक्ष प्रचण्डले पार्टीभित्रको आन्तरिक समस्याका वारेमा पनि छलफल गर्दै जनतासंग पार्टीलाई जोड्नुपर्ने निर्देशन दिएको भेलामा सहभागी माओवादी सुर्खेतका सेक्रेटरी भीमबहादुर मल्लले बताए । डोटी जान आएका प्रचण्डले करिव २० मिनेटमात्रै प्रशिक्षणमा बोलेका थिए । अध्यक्षको निर्देशनपछि कार्यकर्तामा उत्साह जागेको भेरी कर्णाली राज्य समितिका सदस्य जीतबहादुर रानाले बताए ।
माएकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जेठ १४ भित्रै शान्ति प्रक्रिया टुंगिने र संविधानपनि बन्ने दावी गरेका छन् । सोमवार सुर्खेतमा आयोजित पार्टीको भेरी–कर्णाली राज्य समितिको प्रशिक्षण भेलामा बोल्दै उनले तोकिएको मितिभित्रै शान्तिप्रक्रिया टुंगिने र संविधान बन्ने भएकोले कार्यकर्तालाई उत्साहित हुन पनि निर्देशन दिए । अध्यक्ष प्रचण्डले पार्टीभित्रको आन्तरिक समस्याका वारेमा पनि छलफल गर्दै जनतासंग पार्टीलाई जोड्नुपर्ने निर्देशन दिएको भेलामा सहभागी माओवादी सुर्खेतका सेक्रेटरी भीमबहादुर मल्लले बताए । डोटी जान आएका प्रचण्डले करिव २० मिनेटमात्रै प्रशिक्षणमा बोलेका थिए । अध्यक्षको निर्देशनपछि कार्यकर्तामा उत्साह जागेको भेरी कर्णाली राज्य समितिका सदस्य जीतबहादुर रानाले बताए ।

No comments:
Post a Comment