अस्पतालैभरी प्रहरी !

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
सुर्खेत, २७ चैत ।
    सोमवार विहान ८ बजेतिर कालागाउँस्थित मध्यपश्चिम क्षेत्रीय अस्पताल अस्पताल परिसरभर प्रहरीहरु तैनाथ थिए । एक हुल सशस्त्र प्रहरी र अर्को हुल जनपद प्रहरी । उनीहरुसंगै मध्यपश्चिम क्षेत्रीय प्रशासक ज्ञानदर्शन उदास, पुनरावेदन अदालत सुर्खेतका मुख्य न्यायाधीश गोविन्दकुमार श्रेष्ठसमेत सामेल थिए ।

    अस्पतालमा आएका विरामीलगायत अन्यले अस्पतालमा यतिधेरै प्रहरीहरु किन आएको होलान् भनी कानेखुशी गर्दै थिए । प्रहरीहरुसंग हतियार नभइ कुचो मात्र थियो । क्षेत्रीय प्रशासकलगायत सवैले हातमा कुचो लिएर अस्पताल परिसर सफा गर्न लाग्दा अस्पतालमा उपस्थित सहभागीहरुले अचम्म मान्दै थिए । उपस्थित सवैले केही छिनपछि अस्पताल परिसर धमाधम सफा गर्न थाले । स्वयंसेवा अभियान स्वरुप सुर्खेतमा क्षेत्रीय अस्पतालबाट सरसफाई गर्न लागिएको हो । क्षेत्रीय प्रशासक ज्ञानदर्शन उदासले अभियानको थालनी गरे । उनले स्वयंसेवा अभियान स्वरुप अस्पताल जस्तो अति महत्वपूर्ण सार्वजनिक स्थलबाट सरसफाई गरिएको बताए । उनले आज मंगलवार जिल्लास्थित सवै सरकारी कार्यालयहरुमा सरसफाई गरिने जानकारी दिए ।
    क्षेत्रीय अस्पताल विकास समितिका अध्यक्ष जीतबहादुर रानाले सरकारले हालै घोषणा गरेको स्वयंसेवा अभियानलाई जिल्ला तहमा पनि लागू गराउनका लागि क्षेत्रीय अस्पतालबाट यस कार्यको सुरुवात गरिएको बताए ।
मा

No comments:

Post a Comment