सुर्खेत, १९ चैत ।
देशका युवा रोजगारीका लागि विदेशिन बाध्य भएका बेला युवाहरूमा अन्तरनिहीत क्षमताको विकास गरी वास्तविक जीवन व्यवहारमा परिवर्तन ल्याउन वीरेन्द्रनगर नगरपालिका भित्रका युवाहरूका लागि क्षमता अभिबृद्धि र सूचना विकास तालिम सुरू भएको छ । सीमान्तकृत समुदायका लागि सहयोग र सशक्तिकरण संस्था (हेल्प नेपाल) ले आयोजना गरेको तालिममा ५० जना युवायुवतीहरूको सहभागिता रहेको छ ।
कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका कार्यकारी अधिकृत ललितकुमार बस्नेतले युवाहरूलाई जीवनमा के गर्ने भन्नेबारेको विकल्पहरू खोजी गर्न सहयोग पुर्याउने बताए । उनले अहिलेको युगमा युवाहरूले समाजको नेतृत्व गर्नुपर्ने बताउादै युवाहरूलाई सिर्जनशील हुन आग्रह गरे । त्यस्तै गैरसरकारी संस्था महासंघका अध्यक्ष डिल्लुप्रसाद घिमिरेले युवाहरूलाई रोजगारी दिलाउन राज्यले विशेष पहल थाल्नुपर्ने बताए । हेल्प नेपाल संस्थाका अध्यक्ष गंगाराम तिमिल्सेनाले समाजमा विपन्न र विपतमा परेका नागरिकहरूलाई सहयोग गर्नका लागि हेल्प नेपालले आगामी दिनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै अगाडि बढ्ने बताए । तालिममा ललित गाहा, प्रकाश पौडेल, गणेशकञ्चन भारती लगायतले सहजीकरण गरेका छन् ।
No comments:
Post a Comment