धनगढी, ६ वैशाख ।
मादकपदार्थ सेवन गरेर सवारीसाधन चलाउने प्रवृत्ति रोक्न सुदूरपश्चिमाञ्चलका चार जिल्लामा मंगलबारदेखि ब्रेथलाइजर यन्त्रसहित ट्राफिक प्रहरीका टोली परिचालन गरिएको छ । यन्त्रले जाँच गर्दा सवारीसाधन चलाउने चालकले मादकपदार्थ खाए नखाएको पत्ता लाग्ने हुँदा त्यसबाट सडक दुर्घटनमा रोक्न सहयोगी हुने क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रमोद खरेलले बताए ।
सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, डोटी र डडेलधुरा जिल्लाका विभिन्न सडक खण्डमा आवश्यक देखिएको समयमा प्रहरी टोली यन्त्रसहित परिचालन भएको बताइएको छ । सो कार्यालयको अध्ययनमा सडक दुर्घटनामा सबैभन्दा बढी मोटरसाइकल पर्ने गरेको छ भने भएका दुर्घटनामध्ये ४० प्रतिशत दुर्घटना मादकपदार्थ खाएर चलाएकै कारण हुने गरेको जनाइएको छ । यद्यपि गत वर्षको तुलनामा यस वर्ष सुदूरपश्चिममा सडक दुर्घटना संख्या ३३ प्रतिशतले कमी आएको बताइएको छ ।मादकपदार्थ सेवन गरेर सवारीसाधन चलाउने प्रवृत्ति रोक्न सुदूरपश्चिमाञ्चलका चार जिल्लामा मंगलबारदेखि ब्रेथलाइजर यन्त्रसहित ट्राफिक प्रहरीका टोली परिचालन गरिएको छ । यन्त्रले जाँच गर्दा सवारीसाधन चलाउने चालकले मादकपदार्थ खाए नखाएको पत्ता लाग्ने हुँदा त्यसबाट सडक दुर्घटनमा रोक्न सहयोगी हुने क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रमोद खरेलले बताए ।
No comments:
Post a Comment