पहिचानको आधारमा प्रदेश माग्दै जनजाति संगठन आन्दोलित

Bookmark and Share 
समाचार एजेन्सी
काठमाडौं, ६ बैशाख ।
    आदिवासी तथा जनजाति संगठनहरुले पहिचानको आधारमा प्रदेश निर्माणको माग गर्दै आन्दोलनको घोषणा गरेका छन् । विभिन्न जातीय संगठन आवद्ध संघीय समाजवादी आन्दोलनले बुधबार पत्रकार सम्मेलन गरी बैशाख १३, १४ र १५ गते संबिधानसभा भवन अगाडि सत्याग्रह गर्ने लगायतका चरणबद्ध आन्दोलनको घोषणा गरेको हो ।

    संघीय समाजवादी आन्दोलनले बैशाख ९ गते बिर्तामोड र झापामा संघीय समाजवदी आन्दोलन तथा लिम्बुवान एकता घोषणा सभा गर्दैछ । यस्तै बैशाख २० देखि ३१ गतेसम्म देशव्यापी पुन: जागरण सभाहरु संचालन गर्ने, जेठ ७ गते काठमाडौंमा जनसभा गर्ने र माग पूरा नभए जेठ ९ गतेदेखि अनिश्चितकालीन आमहड्ताल गर्ने बताएको छ ।
    पत्रकार सम्मेलनमा थरुहट आन्दोलनका लक्ष्मण थारुले भने, ‘अबको सात दिनमा ऐतिहासिक पहिचानको आधारमा थरुहट, लिम्बुवान, खम्बुवान, ताम्सालिङ, मगराँत, तमुवान खसाङ, मिथिला स्वायत्तराज्य सहितको संविधान घोषणा नभए हामी यो देशमा अर्को आन्दोलन गछौं ।’
    संघीय समाजवादी आन्दोलनले ऐतिहासिक पहिचानको आधारमा प्रदेश निर्माण गर्नुपर्ने लगायतका २४ बुँदे माग अघि सारेको छ ।

No comments:

Post a Comment