जाजरकोट, २२ चैत ।
सरकारले खाद्यन्न ढुवानीको अनुदानमा कटौती गरेपछि जाजरकोटका १४ दुर्गम गाविसमा खाद्य संकट देखिएको छ । एकातिर सरकारी चामल आपुर्तीमा कटौती अर्कोतर्फ स्थानीय अन्नवाली उत्पादनमा ह्रास आएका कारण ति गाविसहरुमा खाद्य संकट देखिएको हो ।
सरकारले खाद्यन्न ढुवानीको अनुदानमा कटौती गरेपछि जाजरकोटका १४ दुर्गम गाविसमा खाद्य संकट देखिएको छ । एकातिर सरकारी चामल आपुर्तीमा कटौती अर्कोतर्फ स्थानीय अन्नवाली उत्पादनमा ह्रास आएका कारण ति गाविसहरुमा खाद्य संकट देखिएको हो ।
जिल्ला स्तरीय खाद्य सुरक्षा अनुगमन कार्यदलले मंगलवार सार्वजनिक गरेको प्रतिवेदनमा जिल्लाका दुर्गम गाविसहरु रग्दा, भगवती, नायकवाडा, रोकायगाउँ, सक्ला, रामीडाँडा, पैंक, पजारु, गर्खाकोट, मजकोट कोर्तांग, दह, अर्छानी र टालेगाउँ लगाएत १४ गाविसलाई चरम खाद्य संकटग्रस्त गाविसको रुपमा देखाइएको छ ।
खाद्यन्न उत्पादनका हिसावले ति क्षेत्रहरु निकै कमजोर मानिन्छन् भने भौगोलिक विकटताका कारण खाद्य आपुर्तीको सहज पहुँच पनि देखिंदैन । सरकारले चालू आवदेखि जाजरकोटका लागि स्वीकृत ५ हजार ५ सय क्वीन्टल चामलको कोटा काटेर २ हजार ५ सय मात्र बनाएको नेपाल खाद्य सस्थान जाजरकोटका प्रमुख रणवहादुर ऐरले बताए ।
उनले सरकारले जिल्लाका लागि ढुवानी अनुदानसहित ४८ करोड बजेट दिनुपर्नेमा त्यो घटेर यो वर्ष ३७ करोड मात्र दिएको बताए । उनका अनुसार सरकारले अनुदान रोकेपछि गाउँका डिपो र जिल्लामा आपुर्ती हुने चामल पनि घटिसकेको छ ।
जिल्लाका जम्मा ४ वटा खाद्य डिपोहरुमा गतवर्षहरुमा ६ सय क्वीन्टलका दरले चामल पठाइने गरिए पनि यस वर्षदेखि प्रति डिपो २ सय क्वीन्टलका दरले आपुर्ती घटाइएको छ । ‘वर्षमा ६ हजार क्वीन्टल चामल आवश्यक पर्ने गाउँमा ४ सय क्वीन्टल मात्र पठाउनु ‘हात्तीको मुखमा जिरा’ जस्तै हुन्छ,’ ऐरले भने ।
खाद्य सस्थानले पठाएको चामल गाउँमा बढिरहेको चरम खाद्य संकटका कारण तीन महिना पनि पुग्ने देखिंदैन । ति गाउँहरुमा अहिले २ महिनाका लागि मात्र खाद्यान्न सञ्चित रहेको र स्थानीय उत्पादन पनि घट्दो क्रममा रहेकोले समस्या परेको प्रमुख जिल्ला अधिकारी तथा जिल्ला स्तरीय खाद्य सुरक्षा अनुगमन कार्यदलका अध्यक्ष गोविन्दप्रसाद रिजालले बताए ।
‘गरिबी, न्युन कृषि उत्पादन तथा बजारको अभावमा ति क्षेत्रमा खाद्य संकट लम्बिदै जाने सम्भावना रहेको छ ।’ रिजालले भने । जिल्ला कृषि विकास कार्यालयका अनुसार जिल्लामा स्थानीय उत्पादनभन्दा दोब्बर बढी खाद्यन्न बाहिरबाट आयात हुने गरेको छ ।
यसवर्ष जाजरकोटमा ८३८६.२७ हेक्टरमा १२ हजार ६ सय २ मेट्रिकटन मकै, ४०१५ हेक्टरमा १००३७.५ मेट्रिकटन धान तथा २०६० हेक्टरमा ३८०८ मेट्रिकटन कोदा उत्पादन भएको र यो उत्पादन गतवर्षको भन्दा बढी रहेको कार्यालयले जनाएको छ । यो केही गाविसहरुको तथ्यांक भएपनि अधिकांश दुर्गम गाउँहरुमा भने उत्पादनको अवस्था नकरात्मक रहेको बताइएको छ ।
No comments:
Post a Comment