प्रेस स्वतन्त्रताको पक्षमा सरकार नभएको ठहर
सुर्खेत, २२ चैत ।
झापाका पत्रकार यादव पौडेलेको हत्याको विरोधमा नेपाल पत्रकार महासंघ सुर्खेतले विरोध जनाएको छ । नेपाल पत्रकार महासंघ सुर्खेतले बुधवार शोक सभाको आयोजना गरी पत्रकार पौडेलेको हत्याको विरोध जनाएको हो । शोक सभाका सहभागीहरुले पत्रकार हत्यामा संलग्न अपराधीलाई कानुनी दायरामा उभ्याइ हदैसम्मको कारवाही हुनुपर्ने माग गरेका छन् ।
झापाका पत्रकार यादव पौडेलेको हत्याको विरोधमा नेपाल पत्रकार महासंघ सुर्खेतले विरोध जनाएको छ । नेपाल पत्रकार महासंघ सुर्खेतले बुधवार शोक सभाको आयोजना गरी पत्रकार पौडेलेको हत्याको विरोध जनाएको हो । शोक सभाका सहभागीहरुले पत्रकार हत्यामा संलग्न अपराधीलाई कानुनी दायरामा उभ्याइ हदैसम्मको कारवाही हुनुपर्ने माग गरेका छन् ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य एवं मध्यपश्चिम क्षेत्रीय संयोजक सूर्यमणि गौतमले लोकतान्त्रिक सरकारले जति प्रेस स्वतन्त्रताको वकालत गरेपनि पत्रकारको सरक्षा हुन नसकेको बताए । पत्रकार यादव पौडेलका हत्याराहरुलाई कारवाहीको माग गर्दै पत्रकारहरुको सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने उनको भनाइ छ । दण्डहिनताको पराकाष्ठका रुपमा यो घटनालाई हेर्न सकिने उनको भनाइ छ । प्रेस स्वतन्त्रताको पक्षमा यो सरकार संवेदनशील नभएको उनले आरोप लगाए ।
यसैगरी नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य कलेन्द्र सेजुवाले पत्रकार पौडेलका परिवारलाई उचित क्षेतिपूर्ति उपलब्ध गराउनुपर्ने र हत्याराहरुलाई कडा कारवाही हुनुपर्ने बताए । पुनरावेदन बार सुर्खेतका अध्यक्ष ध्रृवकुमार श्रेष्ठले हत्यामा संलग्न अपराधीलाई कानुनको कठघेरामा ल्याइ कारवाही गर्नुपर्ने बताए ।
जिल्ला बारका अध्यक्ष प्रेमध्वज शाहीले जनताको जीउज्यानको सरक्षाको प्रत्याभूति गर्न नसक्ने वर्तमान सरकारले तत्काल राजीनामा दिनुपर्ने बताए । उनले लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नेक्रममा पेशाकर्मीको हत्या हुनु निन्दनीय भएको जिकिर गरे । पत्रकार मारिदासमेत सरकार मौन बस्नु, सरकार आफ्नो जिम्मेवारीबाट पन्छिन खोजेको समेत उनले आरोप लगाए ।
यसैवीच नेपाल पत्रकार महासंघ र नेपाल प्रेस युनियन सुर्खेतले बुधवार एक विज्ञप्ती जारी गरी पत्रकार पौडेलेको हत्याको विरोध जनाएको छ । नेपाल पत्रकार महासंघ तथा नेपाल प्रेस युनियन सुर्खेतका सचिव गणेश कार्कीद्वारा हस्ताक्षरीत विज्ञप्तीमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा निरन्तर संघर्षशील पत्रकार तथा नेपाल प्रेस युनियन झापा शाखाका पूर्वसचिव यादव पौडेललाई मंगलवार राती अज्ञात समूहले कायरतापूर्ण तरिकाले हत्या गरेको खबरले अत्यन्त मर्माहत भएको उल्लेख गरेको छ ।
यो निष्ठा र बलिदानीले प्रेस स्वतन्त्रताका पक्षधर हरेक पत्रकार र आम नागरिकलाई त्यस्ता आपराधिक जत्था तथा प्रेस स्वतन्त्रता विरोधीहरुको डटेर सामना गर्न हौसला अवश्य दिलाउने विश्वास लिएका विज्ञप्तीमा उल्लेख गरिएको छ । एउटा स्वतन्त्र पत्रकारलाई समाचार लेखेकै निहुँमा हत्यासम्मको जघन्य अपराधमा उत्रने जत्थाको यथाशीघ्र खोजतलाश गरी कानुन बमोजिम हदैसम्मको कारवाही गर्न प्रहरी प्रशासन समक्ष जोडदार माग समेत गरिएको छ । महासंघको बुधबार बिहान बसेको आकस्मिक बैठकले घटना बारे छानविन गर्न ७ सदस्यीय टोलीसमेत गठन गरेको छ । अध्यक्ष शिव गाउँलेको नेतृत्वमा गठित टोलीमा सल्लाहकार पोषण केसी, सचिव जगत नेपाल, पूर्वाञ्चल संयोजक मोहनकाजी, झापाका शाखा अध्यक्ष गणेश पोखरेल, झापा शाखाकै पूर्वअध्यक्ष गोविन्द क्षेत्री र पूर्वसचिव तारामणी सापकोटा रहेका छन् ।
यसैगरी नेपाल प्रेस युनियनले पनि घटनाको सत्यतथ्य छानबिन गरी प्रतिवेदन बुझाउन युनियनका पूर्वाञ्चल संयोजक शेखर रेग्मीको संयोजकत्वमा लिलाबल्लभ घिमिरे, मोहमद इकवान र चेतन धमला सदस्य रहको एक मिसन टोली गठन गरेको छ । यसैवीच घटनामा संलग्न भएको अभियोगमा १६ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
No comments:
Post a Comment