सुटकेसमा गर्लफ्रेन्ड !

    मायालु जोडीहरुले एक अर्कालाई छातीभित्र मुटुमा लुकाउँछु भन्दै गीत गाउँछन् । आखिर भन्ने कुरा न हुन् । गर्नत कहाँ पो सकिन्थ्यो र ? तर अमेरिकाका एक व्यक्तिले भने आफ्नी प्रेमिकाको लागि साँच्चिकै अजीबको काम गरेका छन् । मुटुभित्र त होइन उनले प्रेमिकालाई सुटकेसभित्र राखेका छन् । उनले कुनै रिसरागले वा गलत मनसायले प्रेमिकालाई सुटकेसमा राखेका होइनन् । प्रेमको उच्चतम नमूना पेश गर्दै उनले त्यसो गरे । वास्तवमा आफू बसेको अपार्टेन्टमा ती प्रेमिकालाई छिर्न नदिइएपछि उनले सुटकेसभित्र राखेर प्रेमिकालाई घरमा ल्याउने कोसिस गरेका रहेछन् । अमेरिकाको पोर्टल्याण्डस्थित एक अपार्टमेन्टमा बस्ने कोला नामका पुरुषले आफ्नी कर्टिस नामकी गर्लफ्रेन्ड लाई सुटकेसमा प्याक गरी अपार्टमेन्टमा छिराउने प्रयास गरे ।
कर्टिसले यसअघि व्वायफ्रेन्डको अपार्टेन्टमा तोडफोड गरेको आरोपमा उनलाई उक्त भवनक्षेत्र भित्रै सुरक्षागार्डले प्रवेश निषेध गरेको थियो । प्रेमीसंग केही झगडा परेपछि कर्टिस तोडफोडमा उत्रिएकी थिइन् । तर प्रेमिकाले झगडा गरेपनि कोलाको मन कुाडिएन वा माया घटेन । त्यसैले उनले गुलाबी सुटकेसभित्र राखेर ४४ किलो तौल भएकी प्रेमिकालाई अपार्टमेन्ट छिराउने जुक्ति निकाले ।     तर विडम्वना उनले सुटकेस बोकेर आउँदै गर्दा बाटोमै सुरक्षाकर्मीको चेकजाँचमा परे । सुटकेसभित्र एक महिलालाई देखेपछि सुरक्षाकर्मी तिनछक परे । कोलाले ती महिलालाई अपहरण गरेको आशंका सुरक्षाकर्मीले गरे । त्यसैले ती दुबैलाई चौकीमा लगे । पछि केरकार गर्दा पो यथार्थ कुरो थाहा भयो र ती प्रेमीप्रेमिकालाई छाडियो । (ऐजेन्सीबाट)

No comments:

Post a Comment