कालिकोटका अधिकांश विद्यालय राजनीतिक खिचातानीमा

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
कालिकोट, १२ असार ।
    कालिकोटका अधिकांश शिक्षण संस्थामा रहेको राजनीतिक खिचातानीका कारण सर्वसाधारणका बालबालिका त्यसको प्रत्यक्ष सिकार भएका छन् । मालकोट गाविस–१ को नेपाल प्राथमिक विद्यालय राइटा त्यसको प्रमुख उदाहरण हो । २०६५ साल वैशाख १ गते स्थापना भएको सो विद्यालय रातारात पाँच मिनेट पोरको ठाउँमा सारेर अर्को पक्षले राष्ट्रिय शब्द थप गरी नेपाल राष्ट्रिय प्राथमिक विद्यालय नामकरण गरेको बताइएको छ ।
    यसबारे जिल्ला शिक्षा अधिकारी विष्णुप्रसाद तिवारीसाग जिज्ञासा राख्दा उनी नेपाल प्राथमिक विद्यालयका बारेमा आफूलाई थाहा नभएको तर नेपाल राष्ट्रिय प्राथमिक विद्यालयलाई स्वीकृत गरी अनुमति दिइएको बताउँछन् ।
    तर राइटाका बासिन्दाले भने केही पहँुचवालाले राहत र रिक्त दरबन्दीमा आफ्ना आसेपासेहरूलाई भर्ती गरी फर्जी काम गरेको आरोप लगाएका छन् ।

No comments:

Post a Comment