नेपालगन्ज, १२ असार ।
सक्कली सरकारी कागजातमा नक्कली सवारीचालक अनुमति पत्र वितरण गर्ने कार्यमा संलग्न भएको आरोप लागेका यातायात व्यवस्था कार्यालय भेरीका तत्कालिन प्रमुख गोपालप्रसाद शर्मासहित तीन जना कर्मचारीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन सुरु गरेको छ । सरकारी कागजात किर्ते गरेर ठूलो मात्रामा नक्कली सवारीचालक अनुमतिपत्र वितरण गरेको आरोपमा पक्राउ परेका शर्मासहित तीन कर्मचारी धरौटीमा छुटेपछि अख्तियारले पनि छानविन प्रक्रिया अघि बढाएको हो ।
जिल्ला अदालतले कार्यालय प्रमुख शर्मा, नायब सुब्बा लालबहादुर योगी र हुतराज पौडेललाई धरौटी लिई तारेखमा छोडेको एक सातापछि अखितयारले अनुसन्धान सुरु गरेको हो । बाँकेका प्रमुख जिल्ला अधिकारी ढुण्डिराज पोखरेलले नक्कली सवारीचालक अनुमति पत्र वितरण घटनाको प्रारम्भिक छानविन सुरु भइसकेको बताए । प्रारम्भिक छानविनपछि सम्पूर्ण कागजपत्रसहितको फाइल काठमाडौं पठाइने उनले जनाए । सक्कली सरकारी कागजातमा नक्कली सवारीचालक अनुमति पत्र वितरण गर्ने कार्यमा संलग्न भएको आरोप लागेका यातायात व्यवस्था कार्यालय भेरीका तत्कालिन प्रमुख गोपालप्रसाद शर्मासहित तीन जना कर्मचारीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन सुरु गरेको छ । सरकारी कागजात किर्ते गरेर ठूलो मात्रामा नक्कली सवारीचालक अनुमतिपत्र वितरण गरेको आरोपमा पक्राउ परेका शर्मासहित तीन कर्मचारी धरौटीमा छुटेपछि अख्तियारले पनि छानविन प्रक्रिया अघि बढाएको हो ।
कार्यालय प्रमुख शर्मा ९ हजार रुपैयाँ धरौटी बुझाइ तारेखमा रिहा भएका थिए । रिहा भए लगत्तै उनलाई भौतिक तथा यातायात व्यवस्था विभागमा झिकाइएको छ । यातायात व्यवस्था कार्यालय भेरीका प्रमुखमा यातायात व्यवस्था कार्यालय राप्तीका पीताम्बर तिमिल्सेनाको सरुवा गरिएको छ । त्यस्तै, स्टोर शाखाका योगी र लाइसेन्स फाँटका पौडेलले १५/१५ हजार रुपैयाँमा धरौटी बुझाएर तारेखमा रिहा भएका थिए ।
बाँकेका प्रमुख जिल्ला अधिकारी पोखरेलले छानविन नसकिंदै नायब सुब्बाद्वय योगी र पौडेलाई जिम्मेवारी विहीन बनाउन निर्देशन दिएको यातायात कार्यालयले जनाएको छ । यातायात कार्यालयको चालक अनुमति पत्रको ढड्डा, किताब र कार्यालयको छाप किर्ते गरी बाँडिएको प्रवेश पत्रसहित नेपालगन्जका दुईवटा होटलको कोठाबाट लाइसेन्स लिन लागेका परीक्षार्थी र ड्राइभिङ इन्स्टिच्यूटका संचालकलाई बाँके प्रहरीले एक महिना अघि पक्राउ गरेको थियो । त्यसपछि यातायात कार्यालयका कर्मचारी पनि विवादमा तानिएका हुन् ।
नेपालगन्ज–५, बसपार्कस्थित जलजला होटल र क्यापिटल होटलमा प्रहरीले छापा मारी कार्यालयको किर्ते छाप र ढयासहित ९१ जनालाई पक्राउ गरेको थियो । सरकारी कर्मचारीको मिलेमतोमा नक्कली लाइसेन्स बनाउने प्रयास गरेको आरोपमा प्रहरीले नेपालगन्जस्थित एसफोर ड्राइभिङ सेन्टरका संचालक सुशील केसी, चितवनका राजाराम परियार र वुद्धिबहादुर सार्की, बुटवलका ऋषिराम रिमाल, नवलपरासीका सन्तोष शर्मालाई पनि अभियोग लगाएको थियो । ड्राइभिङ इन्स्चि्यूटका संचालक केसी ११ हजार धरौटीमा तारेखमा छुटेका छन् ।
No comments:
Post a Comment