डिजेलको धुवाँले क्यान्सर

    पछिल्लो एक अध्ययनले डिजेलको धुवाँले मानिसमा क्यान्सर गराउने तथ्य पत्ता लगाएको छ । विश्व स्वास्थ्य संगठन अन्तरगतको इन्टरनेसनल एजेन्सी फर रिसर्च अन क्यान्सरका शोधकर्ताहरुले गरेको अध्ययनले यस्तो देखाएको हो ।
    खानी तथा रेलवेमा काम गर्ने कामदार तथा ट्रक ड्राइभरहरुमा गरिएको अध्ययनले डिजेलको धुवाँबाट मान्छेको फोक्सोमा पर्ने असरले क्यान्सर गराउने निष्कर्ष निकालेको छ । विज्ञहरुले यसअघि पनि गाडिले फाल्ने धुवाँमा क्यान्सर गराउने तत्व हुने कुरा बताउँदै आएका थिए । तर पछिल्लो शोधले भने यस्तो धुवाँले मानिसको फोक्सोमा क्यान्सर बनाउने कुरा प्रमाणित गरेको छ ।
    शोधकर्ताहरुका अनुसार धुवाँयुक्त उद्योगमा काम गर्ने कामदारहरुमा फोक्सोको क्यान्सर हुने सम्भावना ४० प्रतिशत बढी हुन्छ ।
    अन्य पेट्रोलियम भन्दा डिजेलको धुवाँ बढी हानिकारक हुने शोधकर्ताहरुको निष्कर्ष छ । त्यसैले डिजेलको प्रयोगमा कमी गर्नुपर्ने र सर्वसाधारणले पनि यसको धुवाँबाट पर्ने नकारात्मक असरबाट बच्न सावधानीका उपाय अपनाउनुपर्ने विज्ञहरु बताउँछन् ।

No comments:

Post a Comment