सुर्खेत, ५ असार ।
नेपाल आदिवासी जनजाति महासंघ सुर्खेतले मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतका डीन डा. केशरसिंह रानालाई मंगलवार वीरेन्द्रनगरमा सम्मान गरेको छ । महासंघ सुर्खेतका अध्यक्ष मोहन गुरुङले खादा, फूलमाला र दोसल्ला ओढाइ सम्मान गरेका हुन् । बधाई तथा सम्मान कार्यक्रममा डीन डा. रानाले आफूपनि आदिवासी जनजातिकै छोरो भएकाले जनजातिका सवालहरुलाई आफ्नो स्थानबाट केही सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए । उक्त कार्यक्रममा डीन डा. रानाले भैपरी आउने कामहरुमा आदिवासी जनजाति महासंघलाई शैक्षिक स्तरबाट भएपनि सहयोग गर्न पछि नपर्ने बताए । उनले आदिवासी जनजातिका परम्परागत संस्कृति, रहनसहन, पेशा, भाषालाई कहिल्यै नर्बिसन पनि सुझाव दिए ।
यसैगरी प्राध्यापक हरि थापामगरले आदिवासी जनजातिहरु अबको समयमा फुटेर होइन जुटेर लाग्नुपर्नेमा जोड दिए । जनजाति बुद्धिजिवी जिवनकुमार शाक्यले जनजातिहरुको मागलाई सरकारले एकपछि अर्को गर्दै पुरा गर्नुपर्ने बताए । कार्यक्रममा आदिवासी जनजातिका अगुवा, पार्टी प्रतिनिधि, जातीय संस्थाका अध्यक्षहरु लगायतको सहभागीता रहेको थियो । नेपाल आदिवासी जनजाति महासंघ सुर्खेतले मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतका डीन डा. केशरसिंह रानालाई मंगलवार वीरेन्द्रनगरमा सम्मान गरेको छ । महासंघ सुर्खेतका अध्यक्ष मोहन गुरुङले खादा, फूलमाला र दोसल्ला ओढाइ सम्मान गरेका हुन् । बधाई तथा सम्मान कार्यक्रममा डीन डा. रानाले आफूपनि आदिवासी जनजातिकै छोरो भएकाले जनजातिका सवालहरुलाई आफ्नो स्थानबाट केही सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए । उक्त कार्यक्रममा डीन डा. रानाले भैपरी आउने कामहरुमा आदिवासी जनजाति महासंघलाई शैक्षिक स्तरबाट भएपनि सहयोग गर्न पछि नपर्ने बताए । उनले आदिवासी जनजातिका परम्परागत संस्कृति, रहनसहन, पेशा, भाषालाई कहिल्यै नर्बिसन पनि सुझाव दिए ।
No comments:
Post a Comment