साटाखानीमा सार्वजनिक लेखापरीक्षण

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
सुर्खेत, २९ जेठ ।
    जिल्ला स्वास्थ्य कार्यालय सुर्खेतको आर्थिक सहयोग तथा असल शासन क्लब जिल्ला समन्वय समिति सुर्खेतको आयोजनामा उपस्वास्थ्य चौकी साटाखानीको सार्वजनिक लेखापरीक्षण कार्यक्रम सोमावर सम्पन्न भएको छ । कार्यक्रममा स्वास्थ्य संस्थाले प्रदान गरिरहेको सेवा तथा गुणस्तरका बारेमा छलफल भएको थियो । कार्यक्रम असल शासन क्लब जिल्ला समन्वय समिति सुर्खेतका घनश्याम केसी र बिन्दुलाल रेग्मीले सहजीकरणमा सम्पन्न भएको हो ।
    असल शासन क्लब जिल्ला समन्वय समिति सुर्खेत र जिल्ला स्वास्थ्य कार्यालय सुर्खेतको समन्वयमा अघिल्लो वर्ष ३० स्वास्थ्य संस्थामा कार्यक्रम सम्पन्न गरेको र यो वर्ष १५ स्वास्थ्य संस्थामा उक्त कार्यक्रम सञ्चालन गरिने संस्थाले जनाएको छ ।

No comments:

Post a Comment