२ सय ५४ जनालाई छात्रवृत्ति वितरण

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
सुर्खेत, २९ जेठ ।
    नेरानिमावि वीरेन्द्रनगर–५ चिसापानीमा दलित अपांग तथा माध्यमिक छात्रबृत्ति वितरण गरिएको छ । सोमवार पुरस्कार तथा छात्रवृत्ति वितरण कार्यक्रमको आयोजना गरी दलित छात्रवृत्ति २ सय ४१ जनालाई, अपांग छात्रवृत्ति ३ जनालाई र माध्यमिक छात्रबृत्ति १० जनालाई वितरण गरिएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बखतबहादुर शाहीको सभापतित्व एवं स्रोत व्यक्ति टिकाराम पन्तको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक तेजकुमारी चपाई (जिसी)ले विद्यालयको शैक्षिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरकी थिइन् ।
    कार्यक्रममा निमावि तहमा प्रथम, द्वितीय र तृतीय हुने एवं विद्यालय प्रथम हुने छात्रछात्रालाई हस्तसूर्या अक्षय कोषका संरक्षक कर्णबहादुर थापाले पुरस्कार र प्रमाणपत्र वितरण गरेका थिए । उक्त कार्यक्रमको स्वागत शिक्षक भक्तबहादुर थापा र संचालन कर्णबहादुर थापाले गरेका थिए ।
    यसैवीच ब्राइटल्याण्ड एकेडेमी पिपिरा को ९ औं बाषिर्कोत्सव सोमवार सम्पन्न भएको छ । विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष बालदीप कँडेलको सभापतित्वमा भएको कार्यक्रममा प्रिन्सिपल भूपेन्द्र सुवेदीले बार्षिक कार्यपत्र प्रस्तुत गरेका थिएभने शिक्षक अभिभावक संघका अध्यक्ष मनरुपा आचार्य, तीर्थप्रसाद सुवेदी, विमला पौडेललगायतले मन्तव्य राखेका थिए । 

No comments:

Post a Comment