असार २९ गते देखि रिलिज हुन लागेको फिल्म ‘तँ त साहै सप्रिस नि बद्रि’का प्रोड्यूसर एवं मुख्य कलाकार जय किशन बस्नेतले सार्वजनिक रुपमा सेन्सर बोर्डलगायत समग्र फिल्मकर्मीलाई चुनौती दिंदै अश्लिल फिल्म बनाउने धम्कीपूर्ण भाषा प्रयोग गरेका छन् । उनको फिल्ममा पूर्ण सम्बाद र दृश्यहरु के कसरी समावेश गरिएको छ त्यो पुरै फिल्म हेरेपछि मात्र थाहा होला तर जय किसनले समाजिक मर्यादामा कुनै आच नआउने प्रकृतिको फिल्म बनाउँदा पनि सेन्सर बोर्डका केही सदस्यदले फिल्मको सेन्सर पास गर्न नमानेको गुनासो ब्यक्त गरेका छन् । उनले गत शनिबार फिल्मको सेन्सर गर्नलगेका थिए जसलाई बोर्डका सदस्यहरुले हेरेका थिए त्यस मध्ये २ जना सदस्यले फिल्मको सेन्सर पासमा लफडा उत्पन्न गराएको भन्दै उनले बोर्डका ती कर्मचारीको नियत प्रति प्रश्न उठाउँदै प्रेस मिट गर्न बाध्य भएको बताए । सोमबार एक्लै प्रेस मिटमा उपस्थित भएका उनले आफ्नो फिल्मले युनिर्भल सर्टिफिकेट नपाए सेमि अश्लिल फिल्म बनाउने चेतावनी दिएका छन् । जसलाई भिडियोमा तपाईले हेर्नसक्नु हुनेछ । रिसको आवेगमा उनले समग्र फिल्मकर्मीको इज्जतमा प्रश्न लाग्ने गरी यस्तो चेतावनी दिएकोमा समीक्ष हुन जरुरी छ । उनले नचाहिने कुरामा सेन्सर बोर्डले दु:ख दिएको भन्दै यो बिषयमा आफूले न्याय पाउनु पर्ने माग गरेका छन् ।
पूर्णरुपमा कमेडी शैलीको सो फिल्ममा जातिगत विखण्डन ल्याउनु हँुदैन भन्ने सन्देश दिइएको बताइएको छतर समग्र देशको राजनीति यहि बिषयमा केन्द्रित रहेर गन्जागोल भएको अवस्थामा सेन्सर बोर्डले सो दृश्य माथि कैची लगाउने प्रयास गरेको हो । यहि बिषयमा सेन्सर बोर्ड अध्यक्ष सुशिल ओझासंग सम्पर्क प्रयास गर्दा उनको फोन उठेन । प्रेस मिटमा उपस्थित भएका चलचित्र निर्माता संघका सचिव एवं चलचित्र बिकास बोर्ड अन्तर्गतको स्क्रिप्ट अध्ययन समितिका सदस्य सुरेश दर्पण पोखरेलले पूरै फिल्म नहेरी आफूहरुले यो बिषयमा केही बोल्न नसक्ने बताए । यस्तै आफूले साम्रदायिकता फैलाउने प्रकृतिको फिल्म नबनाएको दावी गर्दै जय किसनले केही दिन भित्रै फिल्मकर्मी र संचारकर्मीलाई पुरै फिल्म देखाउने पनि बताए । प्रेस मिटमा सेन्सर बोर्डमा रहेका एक सदस्यले आफूलाई दिएको तर्कलाई प्रस्तुत गर्दै उनले भने ‘मेरो फिल्ममा सम्राट सापकोटा नेता बनेका छन् जसको नाक लामो छ र लामो नाक भएको नेता किन राखिस भनेर सेन्सरले लफडा दिइरहेको छ अब तपाईहरु आफै भन्नुस यो सेन्सर बोर्डलाई के गर्ने ? फिल्मलाई शोभित बस्नतेले निर्देशन गरेका हुन् । जसले यो खबर सुन्दा आफू अचम्मित भएको बताए । हाल जाउँ हिड पोखराको निर्देशनमा पोखरामा रहेका उनले फोनमा कुरा गर्दै भने ‘मैले सधै परिवारसंगै बसेर हेर्नमिल्ने फिल्म मात्र बनाएको छु जुन निरन्तरता बद्रिमा पनि छ र अर्को कुरा साम्रदायिकताका नाममा सेन्सर बोर्डले गरेको प्रश्न कहि पनि जायज छैन ।’ सेन्सर लफडा भएपछि उनी छायाकंनरत फिल्मको सुटि· स्थित गर्दै काठमाडौं फर्किने तयारीमा पनि छन् । जय किशनले प्रेस मिटमा दिएको चेतावनीको भिडियो र फिल्मको जुन दृश्यमा सेन्सरले आपत्ती जनाएको हो त्यसलाई उनले प्रोमोमा पनि समावेश गरेका छन् जसलाई तपाई यस पत्रिकाकाको साइडमा पनि हेर्नसक्नु हुनेछ ।

No comments:
Post a Comment