सुर्खेत, १ असार ।
सरकारी विद्यालयमा कुनैपनि बहानामा शुल्क लिन नहुने बताइएपनि सुर्खेतका धेरैजसो विद्यालयले विद्यालयहरुबाट सहयोग शुल्कका नाममा रकम असुलेको पाइएको छ । ती विद्यालयहरुले भर्ना समयमा पारेर धमाधम कक्षा १ देखि १० सम्म रु. १० देखि १९ सय ६० सम्म सहयोग शुल्क भन्दै असुल गरेको पाइएको हो । नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ सुर्खेतले वीरेन्द्रनगर नगरपालिकासहित लाटिकोइली, छिन्चु, रामघाट र उत्तरगंगा गाविसमा रहेका विद्यालयहरुको अनुगमनमा क्रममा ती विद्यालयहरुले सहयोग शुल्क भन्दै रकम असुल गरेको जनाएको छ ।
नेरामावि वीरेन्द्रनगरले कक्षा १ देखि नै १० रुपैयाँबाट १९ सय ६० रुपैयाँसम्म, जन उच्च माविले कक्षा ६ देखि नै ४ सयबाट ६ सयसम्म सहयोग शुल्क लिएको अनुमगनका क्रममा पाइएको संस्थाले जनाएको छ । सरकारी विद्यालयमा कुनैपनि बहानामा शुल्क लिन नहुने बताइएपनि सुर्खेतका धेरैजसो विद्यालयले विद्यालयहरुबाट सहयोग शुल्कका नाममा रकम असुलेको पाइएको छ । ती विद्यालयहरुले भर्ना समयमा पारेर धमाधम कक्षा १ देखि १० सम्म रु. १० देखि १९ सय ६० सम्म सहयोग शुल्क भन्दै असुल गरेको पाइएको हो । नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ सुर्खेतले वीरेन्द्रनगर नगरपालिकासहित लाटिकोइली, छिन्चु, रामघाट र उत्तरगंगा गाविसमा रहेका विद्यालयहरुको अनुगमनमा क्रममा ती विद्यालयहरुले सहयोग शुल्क भन्दै रकम असुल गरेको जनाएको छ ।
यस्तै दलित समुदायका बालबालिकाहरुलाई शिक्षामा अगाडि ल्याउन राज्यले नि:शुल्क भर्ना, पाठ्यपुस्तक वितरण, बार्षिक रुपमा प्रतिव्यक्ति ४ सय दरले छात्रवृत्ति उपलव्ध गराएपनि सरकारी विद्यालयभन्दा निजी विद्यालयहरुमा आकर्षण बढेको पाइएको छ । सरकारी विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन अंग्रेजी विषयहरु थप गर्ने र यसको सट्टामा विद्यार्थीहरुबाट शुल्क असुल्ने, निजी स्रोतबाट राखिएका शिक्षकहरुलाई तलव खुवाउन रकम असुलको स्रोत विद्यार्थीलाई बनाइएको अनुगमनमा पाइएको छ ।
संस्थाले गत जेठ २१ गतेदेखि २४ गतेसम्म जन उच्च मावि, नेरामावि वीरेन्द्रनगर, त्रिपुरेश्वर उच्च मावि ढोडेखाली, उत्तरगंगाको आनन्द उच्च मावि, लाटिकोइलीको कोपिला मावि पर्सेनी, छिन्चुको शारदा उच्च मावि र रामघाटको नेरानिमाविको स्थलगत अनुगमन गरेको थियो ।
No comments:
Post a Comment