सुर्खेत, १ असार ।
जिल्ला अनुगमन समिति सुर्खेतले शुक्रबार वीरेन्द्रनगरमा रहेका मासु पसलहरुको अनुगमन गरेको छ । जुम्लारोड, खोर्केलाइन वीरेन्द्रचौक र हटियालाइनका करिब दुई दर्जन मासु पसल र वीरेन्द्रनगर–७ मा रहेको एक मात्र खसी बधशालाको अनुगमन गरिएको हो । अनुगमनका क्रममा यहाँका अधिकांश मासु पसलहरुले सरसफाईमा ध्यान नदिएको पाइएको छ । ती मासु पसलको व्यवस्थापन पक्ष कमजोर हुँदा उपभोक्ताहरुले अझैपनि स्वस्थ मासु उपभोग गर्नबाट बञ्चित भएको अनुगमन समितिले जनाएको छ ।
त्यस्तै सुर्खेत जिल्लाकै एक मात्र खसी बधशालाभित्र पनि सरसफाईमा पर्याप्त ध्यान पुर्याउन नसकेको भन्दै अनुगमन टोलीले सरसफाईमा ध्यान दिन निर्देशन दिएको छ । करिब दुई महिनादेखि बन्द रहेको खसी बधशाला शुक्रबारदेखि पुन: सञ्चालनमा आएको छ । पहिलो दिन १५ वटा खसी बध गरिएको जनाइएको छ । यस्तै सुर्खेतमा सञ्चालित अधिकांश राँगा र बंगुरका मासु पसलहरु मापदण्ड विपरित सञ्चालनमा रहेको पाइएको जिल्ला अनुगमन समिति सुर्खेतले शुक्रबार वीरेन्द्रनगरमा रहेका मासु पसलहरुको अनुगमन गरेको छ । जुम्लारोड, खोर्केलाइन वीरेन्द्रचौक र हटियालाइनका करिब दुई दर्जन मासु पसल र वीरेन्द्रनगर–७ मा रहेको एक मात्र खसी बधशालाको अनुगमन गरिएको हो । अनुगमनका क्रममा यहाँका अधिकांश मासु पसलहरुले सरसफाईमा ध्यान नदिएको पाइएको छ । ती मासु पसलको व्यवस्थापन पक्ष कमजोर हुँदा उपभोक्ताहरुले अझैपनि स्वस्थ मासु उपभोग गर्नबाट बञ्चित भएको अनुगमन समितिले जनाएको छ ।
छ । ती मासु पसलहरुले सडक छेउछाउमा खुलारुपमा बिक्री वितरण गर्ने गरेका छन् । यसले गर्दा मासुको दुर्गन्धबाट यात्रुहरुले सास्ती खेप्नु परेको
छ । मापदण्ड विपरित सञ्चालित मासु पसलहरुलाई काुननबमोजिम कारवाहीका लागि सिफारिस गर्ने अनुगमन टोलीका सदस्य एवं वीरेन्द्रनगर नगरपालिकाका योजना अनुगमन तथा प्रशासन अधिकृत प्रकाश पौडेलले जानकारी दिए । उनका अनुसार वीरेन्द्रनगर नगरपालिका अन्तर्गत रहेका सबै मासु पसलहरुलाई कानुन सम्वत विक्रीवितरण गर्न गराउन मासु पसलहरुको अनुगमन कार्य तीव्र पारिएको छ ।
वीरेन्द्रनगरको हटियालाइनस्थित मासु बिक्री कक्षमा विगत दुई महिनादेखि खानेपानीको समेत अभाव रहेको छ । खसी बधशाला मासु व्यवसायीहरुले नै सञ्चालन गर्न पाउनुपर्ने माग व्यवसायीहरुले गरेका थिए । अनुगमन समितिमा जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि हरिबहादुर बयक, वीरेन्द्रनगर नगरपालिकाका योजना अनुगमन तथा प्रशासन अधिकृत प्रकाश पौडेल, जिल्ला प्रहरी कार्यालयका कैलाश बुढाथोकी र राष्ट्रिय उपभोक्ता मञ्च सुर्खेतका अध्यक्ष आकाशतारा बयकको सहभागिता रहेको थियो ।
No comments:
Post a Comment