कैलाली, २९ जेठ ।
कैलालीमा माछापालनमा बढ्दो रुची राख्दै आएका किसानले एक हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा माछापालन गरिरहेका छन् । प्राकृतिक र कृत्रिम तालमा गरेर कैलालीमा एक हजार १२ हेक्टरमा माछापालन भइरहेको जिल्ला कृषि विकास कार्यालय कैलालीले जनाएको छ । कृषि विकास कार्यालयका प्रमुख खगेन्द्रप्रसाद शर्माका अनुसार कैलालीमा १९३ कृत्रिम तालको १ हजार ११ हेक्टर क्षेत्रफल रहेकामा ८ सय ७८ हेक्टरमा माछापालन भइरहेको छ । १ सय ३३ हेक्टर क्षेत्रफल संरक्षित रहेकाले ती तालमा भने व्यावसायिक माछापालन गर्न दिइएको छैन ।
यस्तै, कैलालीको १ सय ३४ हेक्टर क्षेत्रफलमा एक हजार १ सय ८१ निजी ताल (पोखरी)मा पनि माछापालन भइरहेको छ । शर्मामा अनुसार प्रतिहेक्टरमा ३ सय मेट्रिक टन माछा उत्पादन भइरहेको छ । प्राकृतिक र कृत्रिम तालबाट वर्षमा एक हजार ६ सय मेट्रिक टन माछा उत्पादन भइरहेको छ । त्यसमध्ये प्राकृतिक तालबाट वर्षमा १ हजार २ सय मेट्रिकटन र कृत्रिम तालबाट ४ सय मेट्रिक टन माछा उत्पादन भइरहेको छ । कैलालीमा ठ्याक्कै कति माछा आवश्यक हुन्छ, एकिन नभएपनि यहाँका माछा कैलालीबाहिर पनि जाने गरेको छ । त्यस्तै कैलालीमा माछा अभाव हुँदा भारतबाट समेत माछा आउने गरेको छ । कैलालीमा माछापालनमा बढ्दो रुची राख्दै आएका किसानले एक हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा माछापालन गरिरहेका छन् । प्राकृतिक र कृत्रिम तालमा गरेर कैलालीमा एक हजार १२ हेक्टरमा माछापालन भइरहेको जिल्ला कृषि विकास कार्यालय कैलालीले जनाएको छ । कृषि विकास कार्यालयका प्रमुख खगेन्द्रप्रसाद शर्माका अनुसार कैलालीमा १९३ कृत्रिम तालको १ हजार ११ हेक्टर क्षेत्रफल रहेकामा ८ सय ७८ हेक्टरमा माछापालन भइरहेको छ । १ सय ३३ हेक्टर क्षेत्रफल संरक्षित रहेकाले ती तालमा भने व्यावसायिक माछापालन गर्न दिइएको छैन ।
अरू व्यवसायको तुलनामा कम लगानी, थोरै मेहेनत र धेरै आम्दानी हुने भएकाले पनि माछापालनमा आकर्षण बढेर हरेक वर्ष कृत्रिम ताल थपिंदै गएका छन् । मत्स्य विकास केन्द्र गेटाले किसानलाई विभिन्न आर्थिक सहयोगका कार्यक्रम लागु गरिरहेकाले माछापालनमा आकर्षण बढेको प्राविधिक सहायक भीमराज भण्डारी बताउँछन् । सरकारले मत्स्य विकास केन्द्रबाट किसानलाई संगठित गराएर समूह मार्फत विभिन्न सहयोग गर्दै आएको छ । विपन्न परिवारलाई माछापालनको आयमूलक काम मार्फत स्वरोजगार बनाउन विभिन्न कार्यक्रम लागू गरिएको सरकारी अधिकारीको भनाइ छ ।
खडेरीले ताल सुक्दा भुरा मरे
लामो समयदेखि खडेरी पर्दा जिल्लामा रहेका तालमा पानी सुकेपछि तालका माछाका भुरा मर्न थालेका छन् । पानी सुक्दै गएपछि कैयौं ताल सुकेर गएका छन् । ताल सुक्दै जाँदा त्यसमा पालिएका माछा मरेपछि माछापालक किसानलाई लाखौंको घाटा भएको छ । त्यसले ५० प्रतिशत जति उत्पादन घट्ने जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
जिल्ला कृषि विकास कार्यालयका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत खगेन्द्रप्रसाद शर्माका अनुसार फागुनदेखि कात्तिक महिनासम्म माछा बढ्ने हुन्छ तर खडेरीले फागुनदेखि असारसम्म पाँच महिना तालमा भएको पानी सुकेर गएपछि माछा उत्पादनमा ह्रास आउने छ । माछा उत्पादन तालको क्षमताभन्दा आधा जति कम भइरहेको उनको भनाइ छ ।
दर्जनौं तालमा माछाका भुरा मरेर लाखौं रूपैयाँ घाटा लागेपछि आफूजस्ता सयौं किसान चिन्तित र निरास भएको जालीगाउँका माछापालक किसान रामप्रसाद चौधरीले बताए । धनगढी–६ जाली गाउँको सामुदायिक वनमा रहेका चारवटा तालमा व्यावसायिकरूपमा पालिएका माछा मरेपछि लगानी समेत नउठ्ने किसान बताउँछन् । चौधरीले भने, ‘प्रत्येक घरधुरीबाट १०/१० रूपैयाँ उठाएर माछाका भुरा किन्ने गरेका छौं, तालमा पानी सुकेर भुरा नै मरेपछि घाटा हुने भएको छ ।
जिल्लामा रहेका प्राकृतिक तालमा पछिल्लोपटक माछापालन गरिंदै आएको जिल्ला कृषि विकास कार्यालय कैलालीले जनाएको छ । सो कार्यालयका अनुसार जिल्लामा साना र ठूला गरी २०० भन्दा बढी ताल छन् ।

No comments:
Post a Comment