तपाइंले सुन्दर तथा स्मार्ट कुकुरहरुको बारेमा निकै सुन्नु वा देख्नुभएको छ होला । तर विश्वको सबैभन्दा नराम्रो कुकुरको बारेमा भने सायदै सुन्नुभएको छ । अमेरिकाको क्यालिफोर्नियामा रहेको एक कुकुर विश्वको सबैभन्दा कुरुप अर्थात नराम्रो कुकुर हो । कालो भद्दा सरीर तथा सेतो रंगका जुँगा भएको यो कुकुर हालै अमेरिकाको सनफ्रान्सिस्कोमा भएको कुरुप कुकुरहरुको प्रतियोगितामा प्रथम भयो । मोगली नामको यो कुकुरले २८ जना अरु कुरुप कुकुरहरुलाई कुरुपतामा जित्यो । ८ वर्षको यो कुकुर एक भुस्याहा कुकुर हो ।
यो प्रतियोगितामा निर्णायकहरुले साँच्चीकै प्राकृतिक रुपमा कुरुप रहेका कुकुरहरु छानेका थिए । प्रतियोगितामा भाग लिन विश्वका विभिन्न देशका मानिस आ–आफ्ना कुकुर लिएर त्यहाँ पुगेका थिए । स्मरण रहोस् मोगलीले विश्वको सबैभन्दा कुरुप कुकुरको प्रतियोगितामा विभिन्न २ विधामा उपाधि उचाल्यो । चाइनिज ब्रिडको मोगलीले चिनिया ब्रान्डको इज्जत पनि जोगायो । गएको वर्षभएको प्रतियोगितामा पनि चाइनिज नस्लकै कुकुर सबैभन्दा कुरुप कुकुर बनेको थियो ।

No comments:
Post a Comment