मान्छेको रगत नचुस्ने लामखुट्टे

    अस्ट्रेलियाका वैज्ञानिकहरुले फूल पार्ने बेलामा जिवजन्तुको रगत नचुस्ने लामखुट्टे पत्ता लगाएका छन् । खासगरी पोथी लामखुट्टेले फूल पार्ने समयमा मानिस वा अन्त जिवजन्तुको रगत चुस्ने गरेकोमा यो प्रजातिले भने रगत नचुसीकनै फूल पार्ने क्षमता राख्छ । वैज्ञानिकहरुले यो लामखुट्टेको नाम क्यूलेक्स मोलेस्टस राखेका छन् ।
यो प्रजातिको लामखुट्टेको पोथीले आफ्नै सरीरमा रहेको पोषक तत्वको उपयोग गरेर अण्डा पार्छ जसलाई अटोजेनी भनिन्छ ।
    यो नयाँ प्रजातिको लामखुट्टे खासगरी पानी जम्मा हुने फ्यांकी तथा पाइपहरुमा बस्ने गर्छ । साथै यो विभिन्न ताल तथा जलाशयका अतिरिक्त भूमिगत वातावरणमा पनि अनुकूलित हुन्छ । यो लामखुट्टेको प्रजाति सन् १९४० ताका अमेरिकी सैनिकसंगै अस्ट्रेलियामा आएको हुनसक्ने बताइएको छ ।

No comments:

Post a Comment