कागज जत्तिकै पातलो सिसा

    वैज्ञानिकहरुले एउटा यस्तो पातलो तथा लचिलो सिसा उत्पादन गरेका छन् जुन कागज जत्तिकै पातलो छ । यो सिसा यतिधेरै लचिलो र पातलो छ की यो मोबाइल जस्ता विद्युतीय उपकरणको खोलको रुपमा प्लास्टिक जस्तो गरी प्रयोग गर्न सकिन्छ । यो सिसाको पत्रको मोटाइ जम्मा ०.०५ मिलिमिटर छ । जबकी अहिलेसम्म बजारमा रहेको सबैभन्दा पातलो सिसाको मोटाइ ०.२ मिलिमिटर छ । यो सिसा बनाउन फ्युज रासायनिक प्रतिक्रियाको विधि अपनाइएको थियो । यसमा सिसाको कच्चा पदार्थलाई ५ सय डिग्री सेल्सियससम्म तताएर पगालिन्छ ।
    त्यसपछि उक्त सिसालाई प्रिन्टिङ प्रेसमा कागज बनाउने जस्तै पातलो सिटमा ढालिन्छ । यो सिसाको नाम विलो ग्लास राखिएको छ । यो पातलो र लचिलो सिसा विभिन्न उपकरण प्याक गर्नका प्रयोग हुनसक्ने बताइएको छ । अमेरिकी सिसा निर्माता कम्पनी कोर्निङले यो पातलो सिसाको उत्पादन गरेको हो । यो कम्पनीले सन् २००७ मा पनि गोरिल्ला ग्लास नामको पातलो सिसाको उत्पादन गरेको थियो ।
    गोरिल्ला ग्लास मोबाइल फोन तथा ल्यापटपको स्क्रिन लगायतका उपकरणमा निकै प्रयोग हुँदै आएको छ ।

No comments:

Post a Comment