नायिका जेसिकाद्वारा आत्महत्या

    मंगलवार हिरोइन जेसिका खड्काले आत्महत्या गरेकी छिन् । बसन्तपुरमा रहेको आफ्नो निवासमा उनी पासो लगाएको अवस्थामा भेटिएकी हुन् ।  इटहरीकी उनी नवल खड्काको फिल्म ‘आवाज’ मार्फत फिल्मी दुनियाँमा प्रवेश गरेकी हुन् । उनले आवाज पछि ‘जंगल क्वीन’, ‘अचानक’, ‘मेरो माया तिमीलाई’, ‘जंगल लभ’, ‘लक्की सेभेन’ र भर्खरै छायाकंन सकिएको ‘गहिराई’ भन्ने फिल्ममा खेलेकी थिइन् । उनको ओर्जिनल नाम ज्योति हो । जो प्रकाश ओझा भिडियो काण्डमा मुछिएकी एक पात्र हुन् ।
    यस्तै घटना स्थलमा पुगेका पत्रकार सुमन गैरेले राती साढे १२ बजेको समयसम्म जेसिकाको फोन कल रेकर्ड देखिएको घटना स्थलमा रहेका प्रहरीको भनाई उदृत गर्दै जानकारी गराएका छन् ।  दोस्रो तल्लामा डेरा गरी बस्ने २३ बर्ष जेसिकाले सलले पासो लगाएकी हुन् । जेसिकाको साथमा उनको प्रेमी र भाई रहेका छन् । भाइ सानो भएको कारण प्रहरीले केही घन्टा लाश बुझेको थिएन तर ‘अचानक’ भन्ने फिल्मका प्रोड्यूसर सरोज शर्मा घटना स्थलमा आएपछी प्रहरीले बिहान १० बजे पोष्ट मार्टमका लागि लाश बुझेको छ ।
    पोष्टमार्टम टिचिङ हस्पिटल महारागंजमा गरिने छ । जेसिकाको बुवा दिउँसो २ बजे काठमाडौं आएका थिए । त्यस पश्चात दाहसंस्कार गरिएको बताइएको छ । बालदीप राई प्रहरीको नियन्त्रणमा रहेका छन् । प्रोडक्सन कन्ट्रोलर बालदीप राईसंग जेसिकाको अन्तिम कल रेकर्ड देखिएकाले प्रहरीले अनुसन्धानका लागि बालदीपलाई नियन्त्रणमा लिएको छ । सम्पादक गैरेका अनुसार अन्तिम कल रेकर्ड उनीसंग भएको देखिएकाले आवश्यक अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको हो ।

No comments:

Post a Comment