खाल्डोमा डुबेर ४ बालबालिकाको मृत्यु

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
कैलाली, २० असार ।
    कैलालीको फूलबारी गाविस–१ टाउन प्लानको खाल्डोमा डुबेर चार बालबालिकाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय बहुलियाका अनुसार ती बालबालिका घर नजिकै खाल्डोमा नुहाइरहेको अवस्थामा डुबेर बुधवार १२ बजेतिर मृत्यु भएको हो ।
    डुबेर मृत्यु हुनेमा ९ वर्षका राम भाट, ६ वर्षका लक्ष्मण भाट, ९ वर्षका गोपी दमाई र ७ वर्षकी शर्मिला विक रहेका छन् । उनीहरूको शव परीक्षणका लागि धनगढीस्थित सेती अञ्चल अस्पतालमा लगिएको छ ।
    डुबेर दुईजना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा दीपा भाट र हरिश भाट रहेका छन् । मृत्यु हुने राम भाट र लक्ष्मण भाट तथा घाइते हुने दीपा र हरिश सबै दाजुभाइ/दिदीबहिनी रहेको सीमा प्रहरी कार्यालय बहुलियाका प्रमुख हरिश चन्दले बताए । घाइतेको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

No comments:

Post a Comment