हतियारसहित तीन पक्राउ

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
सल्यान २०, असार ।
    धम्की दिंदै चन्दा असुली कार्यमा सक्रिय तीन जनालाई प्रहरीले हतियारसहित पक्राउ गरेको छ ।     इलाका प्रहरी कार्यालय थारमारे  र दमाचौरबाट खटिएको प्रहरीको टोलीले कोटमौला–४ मा रहेको पातीहाल्न बजारबाट  उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बाँके शम्मेशरगञ्जका हिमाल पाण्डे, दाङ पुरन्धरा–४ का लिला विक र पाखापानी–७ रोल्पाका मोहन वली रहेका छन् । प्रहरीले उनीहरू बसेको होटेलमा खानतलासी गरी ब्याटम्यान लेखेको १ थान र हन्टर लेखेको १ थान पेस्तोल र सोको गोली आठ थान तथा १ थान खुकुरी बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नवीनकुमार भण्डारीले जानकारी दिए । उनीहरूले केही महिनायता स्थानीय व्यापारी तथा शिक्षकलाई पत्र तथा फोनमार्फत चन्दा माग्ने र चन्दा नदिएमा मारिदिने धम्की दिंदै आएका थिए । 

No comments:

Post a Comment