सुर्खेत, २८ असार ।
नेकपा–माओवादीले आगामी साउनको पहिलो साता नगरमा गोलमेच सम्मेलन गर्ने भएको छ । पार्टीको एरिया नं. ११ (नगरपालिका र जर्बुटा गाविस)को बुधवार सम्पन्न प्रथम पूर्ण बैठकले सो निर्णय गरेको हो ।
राष्ट्रिय स्वाधीनता, वर्तमान अवस्था र पाटीको धारणाबारे गोलमेच सम्म्मेलन गरिने नगर एरिया इन्चार्ज बलबहादुर कठायतले बताए ।
साथै बैठकले साउनको पहिलो साता नगरका विभिन्न वडाहरुमा भेला, प्रशिक्षण तथा बैठकहरु सम्पन्न गर्ने निर्णयपनि गरेको छ । जनवर्गीय संगठनको इन्चार्ज तथा विभागपनि तोक्ने काम गरेको उनले बताए । नेकपा–माओवादीले आगामी साउनको पहिलो साता नगरमा गोलमेच सम्मेलन गर्ने भएको छ । पार्टीको एरिया नं. ११ (नगरपालिका र जर्बुटा गाविस)को बुधवार सम्पन्न प्रथम पूर्ण बैठकले सो निर्णय गरेको हो ।
राष्ट्रिय स्वाधीनता, वर्तमान अवस्था र पाटीको धारणाबारे गोलमेच सम्म्मेलन गरिने नगर एरिया इन्चार्ज बलबहादुर कठायतले बताए ।
बैठकले नगरको सेक्रेटरीमा खडक थापा र सहसेक्रेटरीमा सिद्ध थापालाई तोकेको छ भने एरिया सहइन्चार्जमा पूर्ण पौडेल र प्रेम विसी रहेका छन् । पार्टीले नगरमा २५ सदस्यीय कमिटी गठन गरेको हो । बैठकमा पार्टी सुर्खेतका इन्चार्ज मंगल विश्वकर्मा, सहसेक्रेटरी लोकेन्द्र राना, खड्क विक, राज्य समिति सदस्य दानसिंह विकलगायतको उपस्थिति रहेको थियो । इन्चार्ज मंगल विश्वकर्माले राष्ट्रिय स्वाधीनताको पक्षमा गोलवद्ध हुन आग्रह गरेका थिए । नेकपा–माओवादी अहिले संगठन विस्तार अभियानमा केन्द्रीत भएको छ ।
No comments:
Post a Comment