दाङ, १७ असार ।
जिल्लाको सौडियार गाविस बेसाही निवासी दशरथ शाह र उनकी श्रीमती सुशीला शाहले आफ्नी जेठी छोरीको विवाह खर्च बचाएर स्थानीय एक विद्यालयमा अक्षय कोषको स्थापना गरेका छन् । शाह दम्पतीले जेठी छोरी निशा शाहको आइतबार भएको वैवाहिक सम्बन्धको अवसरमा सौडियार–३ रावत गाउँमा रहेको जयशेर माविमा गिरीराज शाह स्मृति अक्षय कोष स्थापना गरेका हुन् ।
२५ हजार धनराशी रहेको अक्षय कोषबाट आउने ब्याजबाट वार्षिक रूपमा कक्षा ८ मा सबैभन्दा धेरै अंक ल्याउने एक छात्रालाई छात्रवृत्ति प्रदान गरिनेछ । शनिबार घोराहीको अम्बिकेश्वरी मन्दिरमा भएको कार्यक्रममा शाहदम्पतीले उक्त रकम स्कुलका प्रधानाध्यापक हुकुम बुढाथोकीलाई हस्तान्तरण गरेका छन् । यसैबीच, अक्षय कोष स्थापना गरेकामा प्रधानाध्यापक बुढाथोकीले शाहपरिवारलाई धन्यवाद ज्ञापन गरेका छन् । जिल्लाको सौडियार गाविस बेसाही निवासी दशरथ शाह र उनकी श्रीमती सुशीला शाहले आफ्नी जेठी छोरीको विवाह खर्च बचाएर स्थानीय एक विद्यालयमा अक्षय कोषको स्थापना गरेका छन् । शाह दम्पतीले जेठी छोरी निशा शाहको आइतबार भएको वैवाहिक सम्बन्धको अवसरमा सौडियार–३ रावत गाउँमा रहेको जयशेर माविमा गिरीराज शाह स्मृति अक्षय कोष स्थापना गरेका हुन् ।
No comments:
Post a Comment