प्युठान, १७ असार ।
रुकुमबाट बिरामी लिएर काठमाडौंका लागि उडेको हेलिकप्टर मौसम प्रतिकूलताका कारण अवतरण गराइएको छ । डोल्पाका बिरामी लिएर आइतबार बिहान साढे ८ बजे काठमाडौंका लागि उडेको हेलिकप्टर प्युठानको बिजुवार–६ स्थित खेलकुद मैदानमा आइतवार बिहान आकस्मिक अवतरण गराइएको हो । माउन्टेन एअरको ९ एन जेपी हेलिकप्टरमा डोल्पाका तीन घाइते बिरामी र चालक दलका दुईसहित पाँचजना सवार छन् ।
डोल्पामा शुक्रबार स्थानीयवासीबीच आपसी झगडा हुँदा घाइते भएका तीन बिरामी लिएर सो हेलिकप्टर उडेको प्रहरीले जनाएको छ । मौसम अनुकूल नहुँदा डोल्पाबाट उडेको हेलिकप्टर शनिबार रुकुमको मुसिकोटमा रोकिएको थियो । हेलिकप्टरमा घाइते डोल्पा गुम्बातारा–३ का कामी बुढा, झलम बुढा, चन्द्रबहादुर बुढा र चालक दलका दुईसहित पाँचजना छन् । घाइते गम्भीर अवस्थामा रहेको चालकदले जनाएका छन् । रुकुमबाट बिरामी लिएर काठमाडौंका लागि उडेको हेलिकप्टर मौसम प्रतिकूलताका कारण अवतरण गराइएको छ । डोल्पाका बिरामी लिएर आइतबार बिहान साढे ८ बजे काठमाडौंका लागि उडेको हेलिकप्टर प्युठानको बिजुवार–६ स्थित खेलकुद मैदानमा आइतवार बिहान आकस्मिक अवतरण गराइएको हो । माउन्टेन एअरको ९ एन जेपी हेलिकप्टरमा डोल्पाका तीन घाइते बिरामी र चालक दलका दुईसहित पाँचजना सवार छन् ।
No comments:
Post a Comment